साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२३)

जेल पस्नु भनेको म योग्यता बढ्नु ठान्दछु, सरकार बने मेरो कैदी सुयोग्य छान्दछु । जेलनै पाठशाला हो यही हो पाठ्यपुस्तक, जेलनेल सबै भोगेँ त्यसैले शिर उच्च छ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

यस्तो शिक्षा सिकौँ कोही बन्न हुँदैन वञ्चित
बाङ्गोनै हो दिगोशिक्षा भन्ने नारा छ सञ्चित । (२५६)

ढुङ्गा हान्नु नयाँनै हो अरू मैले रुचाइँन
अरूको टाउको फर्सी ठानेँ फोर्न डराइँन । (२५७)

साँच्चै लौका ,घिरौलाझैँ अरूको लाग्छ गर्धन
इच्छा लाग्छ मुला काटे जस्तो काट्न दनादन । (२५८)

युवावस्था हुँदै जाँदा यस्तै सोच उचालियो
छोडेर घरको बास वनमै बस्न थालियो । (२५९)

बानी यस्तो बस्यो मेरो नढाँटी बोल्न जानिन
सहिसत्य कुरासुन्दा मैले आनन्द मानिन । (२६०)

सोझालाई दिनैपिच्छे आश्वासन दिने गरेँ
कुरा मेरै भए राम्रो ठूलोबडो म नै परेँ । (२६१)

ठूलो बन्न सिकेँ मैले कुरा बुन्दै बिकाउँदै
कुराकै आडमा आफ्नो पेटलाई फुकाउँदै । (२६२)

ज्यानमा भरियो मासु बलिस्ठ बन्न थालियो
उर्लियो जोशको राँको हतियार उचालियो । (२६३)

बन्दै बन्दै गएँ ज्ञानी काँध राखेर बन्दुक
केके तन्त्र भनी मन्त्र जप्न ब्यस्त भयो मुख । (२६४)

यो मन्त्र नजपी बस्ने मेरो कट्टर दुश्मन
गर्न थालेँ उसैको म सत्तोसराप बेस्कन । (२६५)

सर्वेसर्वा बनेँ आफै के भन्छौ पथभ्रष्ट छु
मेरै शासन राम्रो छ शड्ढा छैन म प्रष्ट छु । (२६६)

मैले फोस्रा कुरा गर्नु अस्वाभाविक होइन
सत्यबाटो सफा भन्ने तर्कमा तुक भेटिन । (२६७)

कसैलाई कुटेँ मैले कसैलाई लुटेँ पनि
क्रान्ति गर्दा पसेँ जेल बेलैमाथि छुटेँ पनि । (२६८)

जेल पस्नु भनेको म योग्यता बढ्नु ठान्दछु
सरकार बने मेरो कैदी सुयोग्य छान्दछु । (२६९)

जेलनै पाठशाला हो यही हो पाठ्यपुस्तक
जेलनेल सबै भोगेँ त्यसैले शिर उच्च छ । (२७०)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x