साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समृद्ध नेपाल ?

धेरै भाषण भो नछाँट जनता, पट्यार मान्छन् अब । हाम्रामात्र नछान आग्रह गरी, राम्रा नछोड्नू कब ॥ यो मेरो गुट - क्षेत्र धर्म पथको, आस्था तथा पन्थको- भन्दै, पक्ष लिँदा यहाँ मुलुकको समृद्धि झन् खस्कियो ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

काला – तस्कर, धूर्त – चाप्लुस तथा, ठेक्दार नाफामुखी ।
लागू औषधि धातु भाँङधतुरो आयात गर्छन् कति ॥
हिंसा वृत्ति लिने र ठग्न कसिने, पापी महा-वञ्चक ।
कार्बाही गर राजकाज गतिलो भन्छन् सबै सञ्जय ॥

नातावाद कृपालु तस्कर धनी स्वार्थी छली चञ्चल
छोडी, सज्जन लोकका प्रियमुखी सत्पात्र छानून् दल ॥
जस्का भाव – विकास चाह – गतिला छन् स्वप्नदर्शी – सफा ।
हुन् राम्रा विजयी सफा मत खसी भू-स्वर्ग हुन्छिन् धरा ॥

धेरै भाषण भो नछाँट जनता, पट्यार मान्छन् अब ।
हाम्रामात्र नछान आग्रह गरी, राम्रा नछोड्नू कब ॥
यो मेरो गुट – क्षेत्र धर्म पथको, आस्था तथा पन्थको-
भन्दै, पक्ष लिँदा यहाँ मुलुकको समृद्धि झन् खस्कियो ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x