साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्याने घर फर्किन्छ अरे

सूर्य बहादुरलाई बिउँझाउँछु। विश्वबन्धुलाई फेरि संविधान लेखाउँछु । तारा गाउँलेलाई फेरि तन्नेरी बनाउँछु र राजकाज अपराधको मुद्दा लाएर जेल पठाउँछु। म फर्केर फेरि घर आउँछु। राम राज्य फेरि ल्याउँछु।

Nepal Telecom ad

तारा गाउँले :

यो कविता कल्पनिक हो । यसमा उल्लेख भएको पात्रको नाम कसैसँग मिल्यो भने त्यसलाई संयोग मानिनेछ।

सडकमा आजकल हल्ला चल्दैछ
चिया पसलमा आजकल चर्चा चल्दैछ
गाउँभरी आजकल गाइँगुइँ सुनिँदैछ
ग्याने फेरि घर फर्किन्छ अरे।

हिजो त्यहि गाउँको शीरमा
टोपी भएर बसेको ज्ञाने
हिजो खोपिको देउता जस्तै पुजिएको ज्ञाने
टुप्पिदै गएर गाउँ भरी मैमत्ता भएर

कहिले टुन्न जाँड धोकेर आउँथ्यो
बाटाघाटा छोरी चेली समाउथ्यो।
गाउँलेसँग पैसा असुलेर
मोज मस्तीमा उडाउँथ्यो।
ऊ कसैलाई मान्दैनथियो
ऊ कसैलाई गन्दैन थियो।
आमाले पुजा गर्ने मुर्ति बेचेर जाँड खायो
बारीको कान्लो बेचेर गाँजा उडायो
हामी चुपचाप हेरिरह्यौ।
हप्काउँथियो ऊ सबैलाई
धम्क्याउँथियो सबैलाई
त्यसो नगर
त्यो अपराध हो भन्नेलाई
गोलीले उडायो
हामी पनि तँ जस्तै मान्छे हौँ भन्नेलाई
जेल मै सडायो।
आफूलाई संविधान भन्दा माथि राखेर।

उहिल्यै एक पल्ट
आफू सुध्रेको घोषणा गर्यो
ग्याने सुध्रियो ठानेर
हामी चुपचाप हेरिरह्यौं।
आज सुध्रेला कि
भोलि सुध्रेला कि
पर्सि सुध्रेला कि
निकोर्शी सुध्रेला कि
अःहँ ऊ पटक्कै सुध्रिएन ।
उसले उर्दि जारी गर्यो –
म मालिक हुँ यो घरको
म राजा यो घरको
मैले बोलेको दैवी वाणी हो
मैले लगाएको दैवी पहिरन
मैले खाएको पवित्र प्रसाद।
मेरो बोली कानुन हो।
यसरी नै ऊ बहुलाउँदै गयो
सहँदै गयौँ हामी चुपचाप सधै।
सडक पेटीमा हिडिरहेको यात्रुलाई
आफ्नो कारले कुल्चिँदै
कलेजबाट फर्किरहेका युवतीको
गाला चिमोट्दै
औँला ठड्याउँनेको घाँटी निमोठ्दै
ग्याने छाडा साँढे भै उफ्रिरह्यो।

एक दिन उसले सबै सीमा नाघ्यो

निषेध गर्यो
सिङ्गो गाउँ भरी
सबैको जिब्रोमा ताला ठोकेर
घर वाहिर निस्किन निषेध
खान निषेध
बोल्न निषेध
हाँस्न निषेध
रून निषेध
निषेध गर्यो उसले
सास फेर्न पनि निषेध गरेपछि
अत्तालिदै निस्किए सबै गाउँलेहरू
सडकमा निस्किए
चिच्याउँदै सडमा निस्किए।
दगुर्दै सडकमा निस्किए
हातमा जे भेटिन्छ त्यही बोकेर निस्किए।
ग्यानेलाई घरबाट लखेट्न निस्किए।
आखिर भाँचिए सबै तगारोहरू
भत्किए सबै पर्खालहरू
केही मारिए ग्यानेबाट
केही थुनिए ग्यानेबाट
तर आक्रोश थुनिएन
स्वतन्त्रता थुनिएन ।

आखिर
ग्याने निकालियो घरबाट
आधारातमा बत्ती निभाएर भाग्यो ग्याने
ऊ भासियो कतै जंगलतिर
चुपचाप हरायो इतिहासको
खोपीतिर

घाम धेरै पटक उदाउदै अस्ताउदै गरिसके
पृथ्वीले धेरै फन्को मरिसक्यो सूर्यको
परिवारभित्र अझै असन्तुष्टि बाँकी छ
परिवारमा अझै होचो अर्घेलो बाँकी नै छ।
ग्यानेले घर छोडेर गए गए पनि
उसले रोपेको कलहको विउ
उसले खनेको विभेदको खाडल
पुर्नै बाँकी छ।
उसैले रोपेर गएको भ्रष्टाचार रुख
अझै मासिएको छैन।
अझै झागिदैछ
अझै मौलाउँदै छ।
अझै बाँकी छ
जीवन सहज हुन बाँकी छँदै
एक दिन फेरि हल्ला आयो
ग्याने अब ज्ञानी भएको छ
ग्याने अब ध्यानी भएको छ
ग्याने अब ईमानी भएको छ
ग्याने अब सन्त भएको छ।

ग्याने आजकल भन्दैछ रे
म घर फर्किन्छु
म फेरि मेरो घर फर्किन्छु
मैले घर फर्किन पाउनुपर्छ
अबदेखि कुनै बिरालाले मुसो खाने छैन
अबदेखि सबै बाघले घाँस खाने छन्
कुनै मुसाले ढिकुटी फोर्ने छैन
कुनै गोठालो बाच्छाको दुध चोर्ने छैन
अब फेरि इन्द्रको स्वर्ग नै धर्तिमा उतार्नेछु।
आजकल ग्याने सडकमा रुँदै हिँड्दैछ –
ग्याने आजकल शहरमा बिलौना गाउँदै हिँड्दैछ
म समयलाई हिजोतिर फर्काउँछु
हिजो मारिएकालाई
फेरि विउँताउछु
मेरा गल्ती सबै सच्याउँछु
म फेरि घर फर्केर आउँछु।
आजकल ग्याने
सडकमा गाउँदैछ
बगेको खोला फर्काउँछु
बितेको समय फर्काएर ल्याउँछु
सूर्य बहादुरलाई बिउँझाउँछु।
विश्वबन्धुलाई फेरि संविधान लेखाउँछु ।
तारा गाउँलेलाई फेरि तन्नेरी बनाउँछु
र राजकाज अपराधको मुद्दा लाएर
जेल पठाउँछु।
म फर्केर फेरि घर आउँछु।
राम राज्य फेरि ल्याउँछु।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x