साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याउनु भाे !

हाे, महाशय यस्तै यस्तै घर बाघ, बाहिर बिरालाे बनेर भइपरिआउने दाउपेच हत्याउने चतुरकला भएकैले हाे म सिपालु छु भनेर स्वघाेषणा गरेको । कला नभई दाबी गर्ने आँट आउँछ र ? अहिलेलाई यति भनेँ ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

म मान्छे सिपालु । हाे, नपत्याउनुभा ? हेर्नू न मेरा कामकाज । सुन्नु न मेरा भाषणबाजी । म कति साेझा मान्छे निमुखा जनता थर्काउन खप्पिस छु । म घुस कमिसनमा हात लाउन्नँ । तपाईंलाई थाहा हुनुपर्ने हात लाउने विश्वास पात्र छन् । सुरक्षा गर्न बैंक खाता । म त साँझ परेपछि दिनभरिकाे हिसाब किताब बुझेर खाता रुजु गर्ने खजान्ची मात्र पाे त हजुर ! अनुमान गरेभन्दा बढी, साेचेभन्दा ज्यादा, आवश्यकता भन्दा अधिक स्राेतहीन आमदानी देखिए पारि पठाउने हाे । याे व्यवस्था पनि मिलाउन सक्ने साथी छन् । उपयुक्त विधि मिलाकाे छ अनि ! अनि त महाशय ! सिप नभई यस्तो अद्भुत तारतम्य मिल्छ ?

हाे, नि पक्कै हाे , हिजाे भूमिगत बसेर सिकेका यी घुस खाने, जुस पिउने, एक्लै रमाउने विधि प्रक्रिया हुन् । आफैलाई माग्न पाे लाज, जनता देखाएर माग्नु, आएकोबाट भागबिलाे लाउनु, खर्चविवरणबाट अलिकति बचाउनु त सिपकै देन हाे । कतिपटक जेल परेर निस्कियाे त्यसकाे साँवाले चित्त बुझाउने कुरा भएन । क्षतिपूर्तिको लागि व्याज, स्याज, प्याज जाेडजाड गरेर असुल्नु पनि त कम्ता हाेसियारी हाेइन । यी सामान्य विषय तपाईंजस्तो भित्री पत्रकारलाई भलीभाँती थाहा हुनुपर्ने ! तपाईंको जिज्ञासा सुनेर त मेरो मान्छे हाेइन विपक्षीकाे पत्रकार पर्नुभाे कि क्या हाे ? शङ्का लाइराछ त !

हैन के हाे याे ? कतै म आफै भ्रममा त छैन ? मैले ऊ बेलादेखि चिनकाे, मेरो पुरानो पत्रकार ! मेरै दानापानीले माेटा-मान्छेले मैलाई असजिलो प्रश्न ? अलिक नमिल्ने क्या ! हिजो परिस्थिति फरक । ढुङ्गा हान्नु आवश्यक थियो तालिम लिइयाे दिइयाे, बेला न कुबेला साथीभाइका डेरामा पसेर दिनु दुख दिइयाे, कति व्यापारीसँग मदत लिइयाे, कतिलाई धम्क्याइयाे, कति छाक भाेकै सुतियाे , के गरिएन ? लेखाजोखा पछि गरौंला ।

अब मदत दिनेले औलाे बङ्ग्याएर घिउ झिक्न बल गर्छन् त यसमा अनौठो के छ ? वातावरण नमिलाई भाे त ! अब त धमक्याएकालाई पनि सुमसुम्याउनुछ । आज कहाँबाट कति आउँछ पत्तो पाउनुछ । आफूलाई मात्र आउने हाे कि भागबलाे मिलाउनुपर्ने हाे ? चलेकाे चलनचल्तीले विधिव्यवहारमा ल्याएका कुरा मान्नु छ । माैका चिनेर सडकबाट, सदनबाट रक्षार्थ काम गर्नेहरूलाई पनि चाराे पुर्‍याउनुछ । कहाँ काेसँग कस्तो मुद्दामा भिक्षाटन गर्ने हाे दाउ हेर्नुछ, अभिनय फेर्नुपर्ने हुन्छ कि। सुरुमा साख्खै बनेर आउने कति तौलकाे विश्वास बाेकेर आछ ! जाँचपडताल गर्नुपर्छ । काम त कति कति ? यी निजी सुखका धेरै काम समयमा फत्ते गर्नुछ ।

यता बाटाेघाटाे पुलपुलेसातिर पनि अलिकति कनिका छर्नुपर्छ नत्र गरे गरे जस्तो कामले डाम्न पाइँदैन । भित्र जे जे गरे पनि बेलाँ दाँत देखाउन बिर्सनु हुन्न । किसानले क्यै पाएनौं भने भने अर्को तनाब हुन्छ । चुनावमा चुनौती थपिन्छ । हिजो सघाउने र बाटो छेक्ने दुवै थरीसँग सँगसँगै पौंठेजाेरी खेल्नुछ । आज पनि बच्नु बचाउनुछ । जीवन हाे थरीथरी रङले सजाउनुछ । ल तपाईं आफै भन्नुस् के यी सबै म सिपालु हुनुका सशक्त र सामयिक उदाहरण हुन सक्तैनन् ?

अँ, तपाईं भन्नुहाेला सर्वसाधारण जनतालाई के दियो तपाईंको सिपले र ? याँमाकाे सिपालु भकाे छु भनेर फुर्ती लाउने ? लौ साँच्चै मान्छे हाे तपाईं भने देखाउनु त नैतिक मूल्य कहाँ छ ? खै मानवीय संवेदना ? बेथिति र बेइमानी बढाएर जनता त्रासमा पार्नेले बड्क्याइँ छाँट्ने ? लौ,अहिलेलाई यस्ता कुरा पाेकाे पार्ने हाे । यी त विस्तारै हुने कुरा हुन् । ठाउँ पा-बेलाँ त दुनाे साेझ्याउने जिउ माेटाउने हाे नि ! फेरि हिजो आफैसित जेलमा माटाे खन्नेहरूले भाग पाएनन् भने पदबाट गलहत्याउन खाेज्छन् । जाेगिन तराततुरुत चुहाउन पनि जान्नुपर्छ । कम गाह्राे छ कमाउन !

अर्को उस्तै गाह्रो पाटाे छ कहिलेकाहीँ त कूटनीतिले पनि तान्छ । विदेशी थुमथुम्याउनुपर्ने अवस्था आउँछ । यस्ता अनन्त चुनौती थेगेर अनुहारमा कालाे पाेती पाेती इतिहासको कलङ्क बनेर कानुन छली छली सुकिलिनु सिप हाेइन ? यतिविघ्न समस्या झेलेर काम देखाउने हाे । आफू व्यवस्थित र सुरक्षित रहने हाे, म कुनै मनहुस हाे र ? देश र जनताकाे पिर लिएर टाउको दुखाउनलाई ? अँहँ ! यस्तो गल्ती गरिँदैन ।

के भर ! कतिखेर के हुन्छ ? भाेलि पदबाट गलहत्तिएपछि अख्तियार र अनुसन्धान बिउराेले च्याप्प पार्ने प्वाल नटाली छाड्नु भाे ? हुँदै हुन्न यस्तो त्रुटि मबाट हुनै सक्दैन । काेही इमानदार साहसी जन्मेर आयाे भने त घाेक्रेठ्याक लाउँछ । छाेरानाति नछाड्न के बेर ? उनीहरूलाई याे अवसर त दिनुभएन नि !

म मन छामेर दान दिन जानेको मान्छे हुँदा न हाे झाेपडीबाट महलमा राज गर्न पाकाे ! हिजो गाेजाँ रुपैयाँ नभा मान्छे , आज सय, हजार, लाख हाेइन कराेड उछिनेर अरबौंकाे हिसाब किताबसम्म पुगेँ । याे काममा सफल हुन कति सिप खाँचाे पर्ला अनुमान गर्नु त , सिपालु नभई याे सब सम्भव हुन्छ ?

तपाईं गनगन गर्नुहाेला समाजमा व्याप्त लुटपाट, थिचोमिचो , राष्ट्रघात, सुरक्षानिकायमा हस्तक्षेप भाे यस्ताे बिगबिगी मच्चाएर पनि ठुलठुला गफ दिने ? भनेर । यस्ता गफ दिएर त आजीवन पद खाइरहन सकिन्छ । ९/१० पटक चुनाव जित्ने दाउपेचे खेलाडी त्यसै भइन्छ र ? जनता झुक्याएर चुनाव जितिरहने कलालाई कम मूल्यवान् नठान्नुहाेला याे मेरो जनहितमा जारी सुझाव अनि खबरदारी पनि हाे महाशय !

शिक्षा, स्वास्थ्य, सामाजिक न्याय भताभुङ्ग नपारी बहादुर भइँदैन भन्ने गुढ समयमा बुझेर त्यसैअनुसार नीति निर्माण गरी पद,पैसाकाे छेलाेखेलाे गरियाे । हाे, महाशय यस्तै यस्तै घर बाघ, बाहिर बिरालाे बनेर भइपरिआउने दाउपेच हत्याउने चतुरकला भएकैले हाे म सिपालु छु भनेर स्वघाेषणा गरेको । कला नभई दाबी गर्ने आँट आउँछ र ? अहिलेलाई यति भनेँ । आशा गर्छु म सिपालु मान्छे भएको कुरा तपाईंले पत्याउनुभाे ! म सफल ! अस्तु ।

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x