साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिहान चाहिन्छ

मुर्दावाद गर्नेलाई जेल छ जिन्दावाद गर्नेसँग मेल छ देश धमिरा भइ खाएपछि केही भन्न निहुँ चाहिन्छ अघिपछि लाग्ने जिउ चाहिन्छ खरानी दलेर आएपछि अब उनीहरूलाई पनि उही चिहान चाहिन्छ।

Nepal Telecom ad

भलादमी भोला :

चिहानमा पुर्‍यायौँ भने
फेरि उहीसँग डराउँयौँ भने
आफूलाई बाघ सम्झेर
सिकार खोज्न हिँडेकाहरू
स्यालको हिडाईमा डरायौं भने
घरी आशीर्वाद दिने
देवता सम्झन्छन्
घरी फैसला सुनाउने
न्यायाधीश बन्छन्
नाटकका पात्र जस्तो
रूप परिवर्तन गरेर
घरी सत्तो श्राप गर्छन्
घरी टाउको जुधाएर
मित लगाउँछन्
चाहिने पनि गर्छन्
नचाहिने पनि गर्छन्
आफैँ चिहानमा पुर्‍यायौँ भन्छन्
आफैँ चिहानसँग डराउँछन्
यिनीहरूलाई
जिउ कन्याउन खेतालो चाहिन्छ
सालीको नन्दको छोराको
पास्नीमा जान
सरकारी गाडी चाहिन्छ
सरकारी ढुकुटीमा
लामो हात गर्ने आफन्त चाहिन्छ
यिनीहरूलाई अब
रेल चाहिन्छ रकेट चाहिन्छ
पानीजहाज कार्यालय खोलिसके
पियन र हाकिम तोकिसके
तलब पनि महँगो दिएकै छन्
समुन्द्र नभएर के भो
जहाज नभएर के भो
देशको ढुकुटी रित्याउनु छ
कान्लै पिच्छे भ्युटावर
ठड्याउनु छ
समृद्धि ल्याउन नयाँ गर्नु छ
मुर्दावाद गर्नेलाई जेल छ
जिन्दावाद गर्नेसँग मेल छ
देश धमिरा भइ खाएपछि
केही भन्न निहुँ चाहिन्छ
अघिपछि लाग्ने जिउ चाहिन्छ
खरानी दलेर आएपछि
अब उनीहरूलाई पनि
उही चिहान चाहिन्छ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x