साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गड्याङगुडुङ र डड्याङ्डुडुङ

जसले जे भने पनि खोके पनि नेपाल र नेपालीको युगौं अघिदेखिको भोगाइ अनुसार सडकको डड्याङडुडुङ्ले हाम्रो इतिहासमा उज्यालो ल्याउन आजको दिनसम्म कुनैपटक पनि सकेको छैन ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

सडकको डड्याङडुडुङ्ग र आकाशको गड्याङगुडुङ् कहिलेकाही उस्तै हुन्छन् । यी दुवै मध्ये आकाशे चाहिँले धेरैजसो फाइदा दिन्छ । मनुवालोकमा वर्षा गराई किसानहरूमा हर्ष पनि दिन्छ । तर यो मात्तियो भने र अति गर्न थाल्यो भने हामीलाई आत्तिने बनाउँदै खती पनि गराउँछ । त्यसैले यसलाई खासै मति भएको भनेर मानिदैन । फागुनले आधा मेलो सिध्याएर हिँडिसक्यो ।

अबको केही महिना यहि आकाशे गड्याङगुडुङ्को राज्य चल्ने बेला हो । यसको फूर्ती धेरै दिनसम्म दाम्लोमा बाँधिएर बसेको र भर्खरै दाम्लो चुँडाएर भागेको नन्दिका नातिको जस्तै हुन के बेर ? यसलाई मन लागे विद्यालयको छानोमा सिँगौरी खेल्छ, गरिबको झुपडी उधारेर बिजोक बमाउँछ, रुखविरुवालाई डरछेरुवा सम्झेर दुख दिन्छ । असिनालाई साथ लिन्छ र पसिनाको दोहोलो काड्छ । खेतभरिको खेती यत्तिपनी न आउनेगरी साँढे पसे झैं माडेर गरिबका आँखाको पानी निकाल्छ मानौं यो पनि विश्वका अधिकांश देशको सरकार वा सत्तापक्ष हो ।

कम त सडकको डड्याङडुडुङ  पनि कहाँ हो र ? जहाँ पायो त्यहिँ नचाहिदो उछित्तो र उपद्रो गर्नमा यो पनि कम्ता मापाको हुम्छ र ! रत्नपार्कको रेलिङ्ग होस् कि गाडीका सिसा यसले केही भन्दैन । घरका झ्यालका सिसा फुटाएर दिउसै स्याल पसे पनि सक्ने बनाउन सक्ने तर त्यसो गरेबापत कुनै कानून नियम नलाग्ने यसको अचम्मको विशेषता छ ।

चलिरहेकोे सत्तालाई नाली बग्ने हद्दामा पुर्‍याउन होस् कि दुर्गन्धे बन्दको अन्धाधुन्ध चलाउन होस् यो सडकको डड्याङडुडुङ  अति नै सिपालु हुन्छ । यसकै माध्यमबाट धरधरी रोइरहेका जनतालाई अनेक सास्ती दिँदै केही चप्पल घिसार्नेहरू महल मुसार्ने हुन्छन् । यो चाहिँ आकाशे गड्याङगडुङ्बाट बज्रने चट्याङ जस्तै हो । नेपाल त झन विश्वकै महाअभागी परेको छ- गड्याङगुडुङ र डड्याङडुडुङको मामिलामा । किनभने यी दुबैको चपेटामा परेर नेपाल र नेपालीले पाउनुसम्म दुख सास्ती पाएका छन् ।

दुष्टलाई मस्ती साधुलाई सास्ती भन्ने उखान कहिँ चरितार्थ हुन्छ भने त्यो नेपालमै हो । यिनै गड्याङगुडुङ र डड्याङडुडुङकै कारणले गर्दा कोहि बाढीमा र कोहि खाडीमा मरेका छन् । अझ भन्दा सुन्दा जस्तो लागे पनि यो आकाशको गड्याङगुडुङ कहिलेकाहीँ बाटो बिराएर मनुवाहरूको पेटसित भेट गर्न आयो भने त्यसको निकाशको र देशको राजनीतिको गन्ध उस्तै हुन्छ- दुइटै खपी नसक्नुको । यी दुवैमा फरक भनेको समयको अन्तराल हो ।

आकाशको गड्याङगुडुङ वर्षैपिच्छे आउँछ भने सडकको डड्याङडुडुङ चाहिँ दुई हजार सात साल, चावालिस साल, पचास साल, बैसठ्ठी साल गर्दै बेलाबखतमा मात्रै आउँछ । आकाशेले जनजीवनमा लात हान्छ भने सडककोले इतिहासमा असर गर्छ । जसले जे भने पनि खोके पनि नेपाल र नेपालीको युगौं अघिदेखिको भोगाइ अनुसार सडकको डड्याङडुडुङ्ले हाम्रो इतिहासमा उज्यालो ल्याउन आजको दिनसम्म कुनैपटक पनि सकेको छैन ।

बरू आकाशे गड्याङगुडुङ ले कहिलेकाहीँ खडेरीलाई हटाएर घडेरी र मझेरीहरूमा खुसी ल्याउँछ । बारीहरूमा बालीको लहर ल्याउँछ । तर सडकको डड्याङडुडुङले सदाकाला तालीको आशा देखाउँदै नालीको वातावरणमात्र भिरायो ।

०००
२०८१ फागुन १७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x