साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोथी बासेपछि !

खुला आकाश र खुल्ला धर्ती मनपर्छ पोथीलाई, भाले बस्ने खोरको उकुसमुकुसमा पोखिन जान्दैनन् । प्यारा पोथीहरु रोक्दै नरोकिने गरी बास्नुपर्छ अब । आफ्नै पौरखमा उन्मुक्त भई, हाँस्नुपर्छ अब ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

वाः क्या गज्जब
अब त जहाँतहीँ,
पोथीहरु बास्न थालेका छन् ।
मर्द भालेहरुलाई
डाह लाग्ने गरी,
हाँस्न थालेका छन् ॥

पोथी बोकेर,
बतासे फुल नपार्नलाई
भाले खोज्न
हिँड्न पर्दैन अब,
एउटै भालेले
सयौँ पोथीलाई
ठुँग्न पाउँछु भन्ने सोचेर,
मख्ख नपर्नु भालेहरु हो ।
अब त तिम्रो
जुरो समेत नहेरी
सबै पोथीहरुले
चल्ला कोरल्न सक्छन् ॥

त्यही एउटा जुरोलाई
सर्वमान्य सोचेर
पोथीहरुलाई अन्याय र
अत्याचार गर्‍यौ भने ?
सबै पोथी मिलेर
तिम्रो जुरो मात्र होइन
शरीरका प्वाँख समेत
भुत्ल्याइदिन्छन् अब ॥

जुरो विहिन अनि
निर्वस्त्र शरीर मन पर्दैन भने
प्यारा भालेहरु
पोथीहरुलाई
माया गर्न सिक
सम्मान गर्न सिक
चल्ला कोरल्नलाई
आलोपालो
ओथारो बस्न सिक ।
पोथीले जस्तै
आफूले नखाएर
चल्लालाई खुवाउन सिक ।

औसतमा पाँच इन्चको
जुरोको दम्भ छोड ।
समाजले भालेको मूल्य बढाएकोमा
आफ्नो घमण्ड छोड,
प्यारा भालेहरु,
आफ्नो अस्तित्व बचाउने भए,
पोथीको इच्छा बिना
उसलाई ठुग्न छोड ॥

थाहा छ नि है ?
अब भालेले डाँको छोडेर
बास्दैमा,
उसको मूल्य बढ्दैन ।
चौबिसै घण्टा भाले बास्यो भने
पोथीले दुःख गरिरहँदा,
भाले मस्त भई हाँस्यो भने,
त्यस्ता भालेलाई
ऊ बस्ने खोरबाट लखेटिन्छ ।

त्यसैले
सृष्टिका स्वतन्त्र भालेहरु
होसियार अब,
पोथी बास्न थालेपछि
रोकिन जान्दैनन् ।
आफ्नै पहिचानमा रमाउँछन् ।
भालेसँग ठोकिन जान्दैनन् ।
खुला आकाश र खुल्ला धर्ती
मनपर्छ पोथीलाई,
भाले बस्ने खोरको उकुसमुकुसमा
पोखिन जान्दैनन् ।

प्यारा पोथीहरु
रोक्दै नरोकिने गरी
बास्नुपर्छ अब ।
आफ्नै पौरखमा
उन्मुक्त भई, हाँस्नुपर्छ अब ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x