साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार पन्ध्र

अस्ति कस्ले हो खोई भ्यागुताको बिहे गराएर हल्का वर्षा तुर्क्याउन सफल भएको थिए रे । यता, इन्द्रचोकमा रहेका इन्द्र महाराज के हेरेर बसेकाछन् खै, शङ्कै लाग्छ ।

Nepal Telecom ad

अशोककुमार सिवा :

हाम्रो देश कृषिप्रधान देश, कृषिमा आत्मनिर्भरता बाजेको पालामा थियो । छोरा, नाति अनि पनातिको पालो सम्म आइपुग्दा हामी कृषि परनिर्भरतान्मुखी बनेका छौँ । यो हाम्रो सानो उपलब्धि होइन । किनभने हामीले धेरै काम गरिसक्यौँ अब भनेको कि काम नगरी खाने कि विदेश तिर काम गर्न जाने, यसो गर्न सक्ने गरीनिर्भरतामा पुगेका छौँ ।

आज असारको पन्ध्र दहिचिउरा खाँदै रमाइलो गर्दै खेतखलियानमा धानको बिउ रोपेर रमाउने दिन तर धान अब विकसित भएर खेतखलियानबाट घरको दलानचोटा कोठा बुइँगल अनि कौसीतिर आइपुगेको छ । विभिन्न रङ्गका अनि विभिन्न ढङ्गका गमलाहरू सजिसजाउ पारेर धान रोपिन्छ तर मात्रै रोपिन्छ न पानी हालिन्छ न मल न गोडगाड न फलाइन्छ । मात्रै औपचारिकता । जय होस गमलाको, एकदिन मात्रै भए पनि माला लगाएर धानको बिउ बोक्न पाउछ । बैठक कोठामा सोफामाथि बसेर टि-टेबलमा सजाएको गमलामा ठूला ठूला हस्तीगणहरूले गमलामा धान रोप्छन् आज । तर गमलाको धान कता कति फल्यो ? कतै लेखाजोखा पाइन्न । सायद खलियानमा नै विचौलिया खरिदको लागी आउला र लोकलाई अन्नको कमि होला भनेर होला ।

हुन त कहा के रोपेको कहिले कति फल्यो भनेर के थाहा पाउनु ? असारकै पन्ध्र पारेर एक पराजुली बाले मुन्टोले छातीमा जोतेर मायारूपी धान रोपेको कता कति फलेर के कतिमा बिक्री भयो अहिले सम्म अत्तोपत्तो छैन । कसैले हिलोमा कुस्तिरूपी माया रोपे त्यो पनि सप्रेको बुझिएन । आज कस्ले कहा के रोप्ने हुन साझ सम्ममा रिपोर्टिङ गर्लान् युट्युवे र ठूला मिडियावालाले । त्यसो त सामाजिक सञ्जालका अन्य माध्यममा समेत रङ्गरङ्गका समाचारहरू प्रशस्तै देखिन्छ, अब आज कति भेटिने हो ?

मैले खेतीकिसानी गरेको उ बेलाको काम सम्झिन्छु त्यसै त्यसै विरक्त लागेर आउँछ । मलाई सम्झना छ मेरो कथुरे अनि तारे गोरुको । बिचराहरू मेलो लगाए पछि दायाँबायाँ नगरी सुरुसुरु हिँड्थे । यसो रोकिने इशारा दिएपछि टक्क अडिन्थे । त्यस्ता गोरुको हली थिए म । आजका हलीहरू एक त जोर गोरुमात्रै जोत्दैनन् । बहुगोरुहरू नारेर हलो समाई टोपल्छन् तर हलोको सियो कता लाग्दैछ, राटो मर्‍यो कि मरेन केही मतलव छैन । मङ्सिरमा दाई गर्न नारेजस्ता तर मियोको नाम मात्रै । मनलाग्दी छरिएर कुद्न अझ भन्नुपर्छ जताततै बिस्ट्याउने समेत गर्छन् ।

असारको सार रसाएर पानीको जलाधार भरिनु पर्ने बेलामा आजसम्म राम्ररी पानी पर्न सकेको छैन । अस्ति कस्ले हो खोई भ्यागुताको बिहे गराएर हल्का वर्षा तुर्क्याउन सफल भएको थिए रे । यता, इन्द्रचोकमा रहेका इन्द्र महाराज के हेरेर बसेकाछन् खै, शङ्कै लाग्छ । चारतिरबाट नाना परिरनमा उन्मादित हुँदै हिँड्ने अप्सराहरूलाई हेरेर मख्ख मात्रै परेर बाली बिरुवा, खेती किसानीलाई बिर्सिने इन्द्रलाई पनि कान्तिपुर टेलिभिजनमा ल्याएर अलि कुटनैतिक संवाददाताले अन्तरवार्ता लिएर प्रसारण गर्नु पर्ने हो तर खोई कस्लाई चासो ?

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x