केशव ज्ञवाली ‘आगत’देश
मेरो दिमागको धरहरा जगसम्म हल्लियो तैपनि मैले उसको निश्चल मन र हातका सुकोमल औँलाहरूमा मायालु स्पर्श गर्दै भनेँ- छोरा ! देश हाम्रो मनमा बस्छ ।

केशव ज्ञवाली ‘आगत’ :
देशमा यति धेरै गाउँहरू
शहरहरू र
अग्ला घरहरू छन् तर
देशको भन्नु
एउटा पनि आफ्नो घर छैन !
अगेनाको डिलमा बसेर
आफ्ना आँखाका नानीहरूले
मेरा आँखाका
नानीहरूमा नियालिरहेको
सानो छोराले सोध्यो-
बा !
घर छैन भने देश कहाँ बस्छ ?
उसको प्रश्न चिन्हले
मेरो दिमागको धरहरा
जगसम्म हल्लियो
तैपनि
मैले उसको निश्चल मन र
हातका
सुकोमल औँलाहरूमा
मायालु स्पर्श गर्दै भनेँ-
छोरा !
देश हाम्रो मनमा बस्छ ।
त्यसपछि ऊ ढुक्क देखियो ।
०००
रुरुक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest








































