साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिदृश्य

श्रमको पसिनाले महान् बन्छ जीवन तर जलनको कुनै सिमा हुँदो रहेनछ र त निर्दोष श्रीको ईर्ष्यामा सलाईको काटीले जलाएको घरझैँ जलिरहेका छन् मान्छेका मनहरू ।

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

घर नजिकै हिँडिरहेको उसले
आफ्नै बारीको
बुख्याँचा जस्तै छाया देख्यो
विश्वास नलागेपछि
टक्क अडियो र हेर्‍यो
उसको आफ्नै छायाँ रहेछ ।

बिहान आफू चाँडै उठ्यो र
उसले नै
सुतिरहेको एउटा मान्छेलाई भन्यो
बाहिर घाम लागिसक्यो
तिमी जाग र
अब नयाँ जिन्दगी उठ
सुतिरहेको तर
ननिदाएको मान्छेले भन्यो
घाम लागेपछि उठ्ने हो भने
भो उठ्दिन
मेरो घैँटोमा अझै घाम लागेको छैन ।

सभामा बसेको एउटा मान्छे
अब सधैँ सुन्दर देख्छु
सुन्दर सोच्छु भन्दै थियो तर
सभा सकिएको एकैछिनपछि
उसले आफू मात्र सुन्दर देख्यो र
कसैका बारेमा
सुन्दर सोच्नु जरुरी ठानेन ।

चैतन्यको चेतनाले सुन्दर बन्छ मन
श्रमको पसिनाले महान् बन्छ जीवन
तर
जलनको कुनै सिमा हुँदो रहेनछ
र त
निर्दोष श्रीको ईर्ष्यामा
सलाईको काटीले जलाएको घरझैँ
जलिरहेका छन् मान्छेका मनहरू ।

०००
रुरुक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शेषमणि आचार्य
शेषमणि आचार्य
2 years ago

बेजोड!!छुने भित्रै।

Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
कुरा काट्ने चालबाजी

कुरा काट्ने चालबाजी

केशव ज्ञवाली ‘आगत’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x