साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफाडी बाजे

म पनि किन काटूँ त्यो रुख ? त्यो रुखबाट गफास्टी बाजेजस्ता धेरै अरु मान्छेलाई बाटो देखाउनु छ । गफास्टी बाजेले त्यसपछि भूतप्रेत र अन्धविश्वासी वेदान्तका कुरा गर्न छाडिदिए ।

Nepal Telecom ad

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :

मेरो गाउँमा गफाडी बाजे नामले प्रसिद्ध एक पण्डित थिए । मेरा घरभन्दा करिब आधा माइल पर उनको आश्रम थियो । आश्रममा प्रायः ऊ एक्लै बस्तथे । मेरो पिता पनि पण्डित भएकाले प्रायः साँझ बिहान फुर्सदको बेला गफ गर्न आउँथे । गफ पनि यस्तै पण्डित्याइँ, भूत, प्रेत र वेदान्त सम्बन्धी हुन्थे । कुराकै सिलसिलामा उनले एक दिन, त्यो भूतप्रेत भन्ने केही हुँदैन भनेर भने । प्रायः धेरै चर्चा भूतप्रेत बारे नै हुन्थ्यो । म दिनहुँ उनको यस्ता कुरा सुन्थे ।

म ता यो भूतप्रेतदेखि डराउँदिन भनेर उनले भनेको धेरै पटक सुनेकोले एकपल्ट यसको सत्यता जाँच्ने विचार आयो। हाम्रो घरबाट उनको आश्रमसम्म पुग्ने स्यानो गल्ली थियो । त्यहाँ कुनै बिजुली बत्ती र उज्यालोका लागि कुनै व्यवस्था थिएन । त्यो अँध्यारो गल्लीका छेउमा एउटा पीपलको रुख थियो । साँझमा अथवा रातमा यो गल्लीबाट हिँड्ने मान्छे सबै धार्मिक हुन्थे। यो गल्लीबाट हिँड्दा जो पनि राम, राम, हरि, हरि या हनुमान चालीसा जप्दै हिँड्थे। गफाडी बाजेले रज्जु सर्पभ्रमको चर्चा गरेको सुनेर मैले उनलाई नक्कली सर्प धागोमा बाँधेर त्यही पीपलको रूपमा लुकेर, बाटोमा तेर्सिएको नक्कली सर्पलाई धागोले तानी एकपल्ट उनको सातो उडाइ सकेको थिएँ । त्यो दिनदेखि उनले त्यो रज्जु सर्प भ्रमको कुरा गर्न छाडेका थिए ।

यस्तै एकदिन ऊ आएर मेरा पितासँग गफ गर्दागर्दै झमक्क साँझ पर्‍यो । राति हुन्छ, साँझ पर्छ, अँध्यारो हुन्छ भनेर ऊ एउटा लौरो, लालटिन बोकेरै हिँड्दथे । त्यसदिन म पनि एउटा टिनको डब्बा बोकेर त्यही पीपलको रुखमाथि चढेर बसेँ । अँध्यारो भैसकेको थियो । ऊ हाम्रो घरबाट आश्रम जान हिँडे । जब ऊ त्यही गल्लीबाट पीपल बोटनेर आइपुगे मैले टिनको डब्बा बजाए । टिनको आवाज सुन्नासाथ ऊ टक्क रोकिए । केही तन्त्रमन्त्र पढेर मतिर फ्याँके । पुनः हिँड्न कदम बढाए । मैले फेरि टिन बजाए । उनले ठूलो स्वरले बोले, “को हौ ? भूत, प्रेत, पिसाच जो हौ सामने आऊ ।” म चुपचाप रुखमाथि बसिरहेँ । उनको पाइला चल्न खोज्यो कि म टिन बजाइ दिन्थेँ । अब उनको हिम्मतले साथ छोडिसकेको थियो । त्यो गल्ली बाहेक उनको आश्रममा पुग्ने अरु बाटो पनि थिएन । त्यसैले उनले दौडेर जाने विचार लिई दौडिए ।

ऊ जसै पीपल बोटमुनि आइपुगे, मैले टिन तल खसाइदिए । गफास्टी बाजे चारचित्त भै लडे । लालटिन एकातिर लौरो एकातिर पुग्यो । यसै बखत म पनि उनीमाथि नै हामफालेँ । ऊ मरी मरी “मार्‍यो ! मार्‍यो । बचाउ, बचाउ, गुहार गुहार” भनी चिच्याउन थाले । यही मौका पारी म पनि उनको त्यो फुटेको लालटिन र लौरो टिपेर सुइँकुच्चा ठोकेँ । त्यसपछि गाउँका मान्छेहरूले हल्ला सुनेर जम्मा भै के भयो, कसो भयो भनी उनसँग सोध्न थाले । उसले जवाफमा केही भएन ठेस लागेर लडेँ भन्दै यताउताका कुरा गरेर अल्मल्याउँदै गाउँलेको चित्त बुझाए ।

करिब एक हप्ता त ऊ हाम्रो घरतिर नै आएनन् । सायद केही चोटपटक लागेर हो वा मनोवैज्ञानिक भयले हो । सात दिनपछि मात्र ऊ पुनः हाम्रो घर आए । फेरि उही भूतप्रेत र वेदान्तको चर्चा शुरु भयो । जब ऊ भूतप्रेतका कुरा गर्थे म सुन्ने वित्तिकै भन्थें लालटिन र लौरो । मैले लालटिन र लौरो भन्नासाथ ऊ चुप हुन्थे । मनमनै शायद उसलाई लालटिन र लौरो कसरी थाहा भयो भन्थे होलान् । ऊ चुप भएको देखेर मेरा पिता पनि छक्क पर्थे । यसले लालटिन र लौरो भन्ना साथ यी पण्डित चुप लाग्छन् आखिर कारण के हो ? यसरी दुईचार दिनसम्म त ऊ केही बोलेनन् । एकदिन झोक्किँदै भने, “के लालटिन र लौरो भन्छौ ? के हो लालटिन र लौरो ?” मैले भनेँ, “ल्याउँ ?” मेरा पिताले भने, “के कुरा हो ? म पनि त बुझौँ । जा लिएर आइज ।” मैले लालटिन र लौरो लिएर आएँ । मैले दुवै चिज ल्याएर भनेँ “यो के हो ?” गफाडी बाजे चुप भइहाले ।

त्यसपछि मैले भनेँ, “त्यो टिन ठटाउने मै हूँ ।” सबै इतिवृतान्त सुनाइदिएँ । अब गफास्टी बाजेले त्यो रुख काट्न मेरा पितालाई दबाव दिन थाले । मेरा पिताले पनि त्यो रुख काट्न धेरै मान्छे खोजे तर कसैले पनि त्यो पीपलको रुख काट्न मानेनन् । अनि पिताले मैसँग भने, “तँ नै त्यो रुख काट्ने मान्छे खोज् ।” म बाहेक त्यो रुख अरु कसैले काट्नै सक्तैन । गफास्टी बाजे लडेपछि त त्यो रुखको अफवाह भुत्याहा रुख भनेर वरिपरिका दश गाउँमा फैलिसकेको थियो । म पनि किन काटूँ त्यो रुख ? त्यो रुखबाट गफास्टी बाजेजस्ता धेरै अरु मान्छेलाई बाटो देखाउनु छ ।

गफास्टी बाजेले त्यसपछि भूतप्रेत र अन्धविश्वासी वेदान्तका कुरा गर्न छाडिदिए । म पनि एम.ए. पढ्न शहरतिर लागेँ । छुट्टीको बेला घर पुगेको समयमा गफास्टी बाजेलाई भेटेर सोध्छु – कस्तो चल्दैछ पण्डितजी ? उसको जवाफ ठीकै छ भन्ने सुन्दछु ।

०००
विराटनगर
‘खित्कापुराण’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सन्तको लीला

सन्तको लीला

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
ट्राफिक प्रहरी – १

ट्राफिक प्रहरी – १

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
नेताको स्वतन्त्रता

नेताको स्वतन्त्रता

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
राजनैतिक पक्वान्न

राजनैतिक पक्वान्न

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x