साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको स्वतन्त्रता

झुट बोल्ने, धर्म छाड्ने इमान बेच्ने स्वतन्त्रता घर-घर पुर्‍याएकै छन् । कुर्सीका लागि आमाका काखमा मुत्न पनि भ्याएकै छन् सत्ताका लागि आपसी द्वन्द्व पनि ल्याएका छन् ।

Nepal Telecom ad

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :

उहिलेका नेता रगत माग्दथे
अहिलेका नेता रगत निचोर्दछन् ।
सकुन्जेलसम्म देशको ढिकुटी
भेंडी नफुटुन्जेलसम्म आफै सोहोर्दछन् ।
स्वतन्त्रता ल्यायौ भनेर सधैँ भुक्तछन्
स्वतन्त्रताको फल पाक्न नपाइ टिप्छन् ।
स्वतन्त्रता त नेतालाई मात्र फापेको छ
उनलाई यो बाउको बिर्ता जस्तै लागेको छ ।
नेताहरूले हरेक कुरामा स्वतन्त्रता पाएका छन्
झुट बोल्ने, धर्म छाड्ने इमान बेच्ने
स्वतन्त्रता घर-घर पुर्‍याएकै छन् ।
कुर्सीका लागि आमाका काखमा मुत्न पनि भ्याएकै छन्
सत्ताका लागि आपसी द्वन्द्व पनि ल्याएका छन् ।
छिमेकीको आराधना गर्दै सत्ता बचाउने नेताले
स्वतन्त्रतामै कालो दाग लगाएका छन् ।
र यस्तै भ्रष्ट र दुई जिब्रे नेताहरूको चाकरीमा
देशका जनता पनि मज्जाले रमाएका छन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सन्तको लीला

सन्तको लीला

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
ट्राफिक प्रहरी – १

ट्राफिक प्रहरी – १

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
राजनैतिक पक्वान्न

राजनैतिक पक्वान्न

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
गफाडी बाजे

गफाडी बाजे

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x