
नेताको स्वतन्त्रता
झुट बोल्ने, धर्म छाड्ने इमान बेच्ने स्वतन्त्रता घर-घर पुर्याएकै छन् । कुर्सीका लागि आमाका काखमा मुत्न पनि भ्याएकै छन् सत्ताका लागि आपसी द्वन्द्व पनि ल्याएका छन् ।

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :
उहिलेका नेता रगत माग्दथे
अहिलेका नेता रगत निचोर्दछन् ।
सकुन्जेलसम्म देशको ढिकुटी
भेंडी नफुटुन्जेलसम्म आफै सोहोर्दछन् ।
स्वतन्त्रता ल्यायौ भनेर सधैँ भुक्तछन्
स्वतन्त्रताको फल पाक्न नपाइ टिप्छन् ।
स्वतन्त्रता त नेतालाई मात्र फापेको छ
उनलाई यो बाउको बिर्ता जस्तै लागेको छ ।
नेताहरूले हरेक कुरामा स्वतन्त्रता पाएका छन्
झुट बोल्ने, धर्म छाड्ने इमान बेच्ने
स्वतन्त्रता घर-घर पुर्याएकै छन् ।
कुर्सीका लागि आमाका काखमा मुत्न पनि भ्याएकै छन्
सत्ताका लागि आपसी द्वन्द्व पनि ल्याएका छन् ।
छिमेकीको आराधना गर्दै सत्ता बचाउने नेताले
स्वतन्त्रतामै कालो दाग लगाएका छन् ।
र यस्तै भ्रष्ट र दुई जिब्रे नेताहरूको चाकरीमा
देशका जनता पनि मज्जाले रमाएका छन् ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest