साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनैतिक पक्वान्न

त्यसपछि भ्रष्टाचारको साँचोमा हालेर यसका साना साना गोली बनाउ त्यो गोली बिहान बेलुका, झुठ बोली सकेपछि दुई दुई गोली दुई पटक राम्ररी चपाएर खाऊ ।

Nepal Telecom ad

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’ :

अराजकता मँहगी र बेरोजगारी
अलिकति मिसाउ, समाजमा गर्ने चाकरी
यसलाई साम्प्रदायिकताको जाँतोमा पिसाऊ
अलिकति बेइमानी पनि, त्यसमा मिसाउ ।

त्यसलाई जातिवादको तेलमा भिजाएर
आतङ्कवादको घाममा खरो हुनेगरी सुकाऊ
गरिबी र अनिकालको कराहीमा हालेर
त्यसमा नगदी घुसको चास्नी मिसाऊ ।

झुठो आश्वासनको नसा हालेर
लुते र कमजोर प्रशासनको रङ चढाऊ
आरोप प्रत्यारोपको दुई थोपा सुगन्ध हाली
सबै मिश्रणलाई राम्ररी हल्लाऊ ।

त्यसपछि भ्रष्टाचारको साँचोमा हालेर
यसका साना साना गोली बनाऊ
त्यो गोली बिहान बेलुका, झुठ बोली सकेपछि
दुई दुई गोली दुई पटक राम्ररी चपाएर खाऊ ।

यो सेवनको केही दिनपछि आफैमा महान् परिवर्तन पाउने छौ
तिमीमा ती नेताका सबै गुण आउने छन्
तिमी समाजमा एक प्रतिष्ठित र
निष्ठावान् नेता कहलाउने छौ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सन्तको लीला

सन्तको लीला

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
ट्राफिक प्रहरी – १

ट्राफिक प्रहरी – १

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
नेताको स्वतन्त्रता

नेताको स्वतन्त्रता

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
गफाडी बाजे

गफाडी बाजे

अच्युतप्रसाद खतिवडा ‘तिर्पाली काइँलो’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x