रमेश समर्थनपिटिजन
मलाई एम. सी. सी. को अन्डर प्रोजेक्ट यहाँ डिप्युट गरिएको हो । सढै हिन्डु माट्र भयो भन्ने खुरो पनि आयो । अब नेफोली गभर्न्मेन्ट हाम्रो लअनुसार चल्छ । अन्डर्स्टान्ड ?

रमेश समर्थन :
“ओ म्यान टिमी कुन डेशको सिटिजन ?” नवनियुक्त यमराजले प्रश्न गरे ।
त्यहाँ उपस्थित भएको मान्छे एकछिन अलमलियो । सधै संस्कृतनिष्ठ भाषा बोल्ने यमराज आज अङ्ग्रेजीनिष्ठ भाषा बोल्दै छन् । चिता निभेपछि बचेको ठुटोजस्तो कालो देखिने उनको मुखमण्डल दन्केको चिताजस्तो देखिन्छ । न हातमा गदा, न नजिकमा राँगो, न चित्रगुप्त न त्यो पहिरन ।
“म ड्यालाल एन्ड कम्पनीले चलाएको गभर्नमेन्ट अफ नेपाल प्राइभेट लिमेटेडको एउटा पिटिजन हुँ मि लर्ड !” उसले पनि उस्तै भाषामा उत्तर दियो । बाँचुन्जेल तल्लो स्तरका गालीयुक्त चारवटा शब्द नघुसाइकन एउटा वाक्य नबोल्ने उसले आफ्नै बोली चिन्न सकेन । उसलाई ऊ नै बोल्दै छ कि कुनै प्रम्टरले प्रम्टिङ गरिरहेको छ भन्ने पनि थाहा भएन ।
“ओ, सिटिजन हुन्छ, पिटिजन के हो ?”
“पिटिजन भनेको गभर्नमेन्टद्वारा पिटिएको सिटिजन हो हिज हाइनेस !”
ऊ फेरि चकित भयो आफ्नो बोली सुनेर ।
“यस कुखुराको ब्रिफिङ छाइयो ।”
“कुखुराको त चिकन हुन्छ । ब्रिफिङ हुँदैन । कि सरले बिफ भन्न खोज्नुभएको हो ? बिफ त हामीकहाँ चल्दैन ।”
“नो बिफ रास्कल नेफोली ! कुखुरा भनेको म्याटर !”
“ए, कुरा भन्नुभएको ?”
“यस टेही कु, सरी खुरा !”
“सर ! एउटा सिटिजनले एउटा सर्भिस लिएवापत तीन चार ठाउँमा ट्याक्स तिर्नुपर्ने देश हो नेपाल र त्यसको गभर्नमेन्ट पब्लिकलाई धोबीले झैं पिट्छ र एक थोपो आउँदासम्म निचोर्छ तर दिन केही सक्दैन । त्यसैले पिटिजन भनेको हुँ सर ! सर, सर , सर, एउटा क्वेसन थियो ?”
“के हो ?”
“त्यहाँ त हाम्रा यमराज राज गरिबक्सिन्थ्यो । तर … ?”
“मलाई एम. सी. सी. को अन्डर प्रोजेक्ट यहाँ डिप्युट गरिएको हो । सढै हिन्डु माट्र भयो भन्ने खुरो पनि आयो । अब नेफोली गभर्न्मेन्ट हाम्रो लअनुसार चल्छ । अन्डर्स्टान्ड ?”
“आई बेटर अन्डर्स्टान्ड मि लर्ड ! हामी अब एम. सी. सी. गभर्न्मेन्टको अन्डरमा छौँ ।”
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest




































