साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ५२)

हटून् हुँडार भित्रका खुलून् सफा प्रभाकर बनाेस् तथा समस्तकाे भँडार नित्य सुन्दर छ चाहना कतै नहाेस् कमानमा अमङ्गल मिलापले बनाेस् सदा अमाल माल मङ्गल।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जेठा बाकाे सुझाव

बुबा पछाडि,साथकाे लगाम कार्य फाँटमा
बढेर जान्छ सर्वथा विशेष दाजु, हातमा
न द्राेह हुन्छ दाजुकाे पछाडि भाइसाथमा
न प्रेम भुल्छ भाइमा लिएर शक्ति हातमा।।३१३।।

न झुक्न जान्छ भाइमा भुलेर स्वावल्बन
रमाउँदाे छ दाजुकाे विवेकमा सदा मन
त्यसाे हुँदैन भाइमा विचार छन् ,विकर्षण
अगाडि मार्ग भेटिए पछाडि भुल्छ फर्कन।।३१४।।

नहाेस् यसाे समाजमा सदैव दाजु साथमा
रहाेस् सिरान भाइकाे विशेषता तमाममा
बुझून् सदैव भाइले समस्त दाजुका व्यथा
अगाडिका पछाडिका असत्य सत्यका कथा।।३१५।।

सुपुत्र पाण्डुका थिए विशेष पञ्चपाण्डव
मिलापका प्रभावले लिए जितेर खाण्डब
समान दाजुभाइकाे घरायसी थियो धन
बढेर दाजुकाे गयो अभद्र खेलमा मन।।३१६।।

अनन्त अर्थ सिद्धियाे समस्त पाँच भाइकाे
दया टुटेन दाइमा बुझेर खेल सत्यकाे
पला थिए विलापका अमालमा विकर्षण
विशेष कर्मयाेगमा सँगैभए समर्पण।।३१७।।

समान कष्ट झेलिए तमाम धर्म युद्धमा
गरेर पूर्ण कामना मिले सबै प्रबुद्धमा
पला विभिन्न घुम्दछन् निशा उषा तमाममा
रहन्न एकनासकाे कुनै मुहूर्त साथमा।।३१८।।

छ आज दाजुभाइमा कता कता मतान्तर
धुएर भित्रका कुना सफा गरे, निरन्तर।।
हटेर जान्छ दाग याे, प्रफुल्ल हुन्छ देहमा
थलाे बनी हराभरा प्रदीप झुल्छ गेहमा।३१९।।

पचाउँछन् बुबा मुमा समस्त दुःखका क्षण
घरायसी विवादले छ दृश्यमा विलक्षण
समाल याे सचेतना नराखभित्र जञ्जिर
कमाल चित्तमा बनाेस् विशाल विष्णु मन्दिर।।३२०।।

हटून् हुँडार भित्रका खुलून् सफा प्रभाकर
बनाेस् तथा समस्तकाे भँडार नित्य सुन्दर
छ चाहना कतै नहाेस् कमानमा अमङ्गल
मिलापले बनाेस् सदा अमाल माल मङ्गल।।३२१

विलाप गेहमा हुँदा निराश बढ्छ वृद्धमा
प्रलापका प्रभावले गनिन्छ काे प्रबुद्धमा ?
समानता विचार हाेस् समस्तमा निरन्तर
यहीँ हुने छ विष्णुकाे सभासमानकाे घर।।३२२।।

(क्रमशः)
०००
२०८०/४/९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x