साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती हिस्स

होइन, बियर नखोली गम्भीर भएर के कोर्न लाग्नु भएको ! श्रीमानको ताल देखेर श्रीमतीले भनी । लोग्नेले श्रीमतीलाई सम्झाउँदै भन्छ- यो बियर फिर्ता लैजाउ । अब हाम्रो खाना मसिनो चामल हैन, आधा कुरूवा पिठोमा दुई कुरूवा पानी हाल्नुपर्छ बुझ्यौ बूढी ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

कार्यालयबाट घर छिरेसँगै खुशी हुँदै लोग्नेले श्रीमतीलाई अह्राउँदै भने- आज एकदम स्पेशल खाना खाने है, लौ यो लिउँ एक किलो मासु । आधा किलो अहिले बनाउ, आधा किलो भरे भातसँग सप्य्राक सप्य्राक । वियर पनि लेउ ! मेरो फूर्तिफार्ती देखेर विचरा श्रीमती ट्वाल्ल परेर हेरिरही । मेरो अनौठो ताल देखेर मनमनै कल्पनामन डुब्दै, मनमा के के बुन्दै थिइ होला – के भाको यो बुढालाई आज ?

हैन, छिटो नगरी के ट्वाल्ल परिरहेकी, कहिल्यै नदेखे जस्तो । तैँले यो सामान के गरि ल्याएको होला भन्ठानिस् होली होइन ? वैशाखदेखि हाम्रो तलव बढ्यो क्या ! त्यसैको उपलक्ष्यमा यस्सो रमाईलो गरूँ भनेर पो ! उनको शङ्का निवारण गर्दै लोग्नेले पोल खोलिदिएँ ।

अब भने बल्ल श्रीमतीको मुहार हँसियो देखियो । उनीले हाँस्दै भनीहाली- तपाईंको तलव बढ्ने म चैं हिस्स हुने त हो नि ! एउटै साडी लाएर बसेकी दईवर्ष भैसक्यो, कहिल्यै किनिदिने होइन ? श्रीमतीको दुखेसो सुन्ने बित्तिकै भन्यो- ल ल यसपाली पक्का । तलव बढ्या बेला तँलाई एउटा जापानिज साडी किनिदिन्छु, म छउन्जेल तँलाई के को पीर ! श्रीमतीले- चुनावमा दिने आश्वासन जस्तो होला नि, म त मान्नेवाला छैन नि ! फेरि चुलो हड्ताल गर्न र कालापट्टी बाँधेर धर्ना दिन नपरोस् नि, बेलैमा भन्द्या छु क्यारे ! धम्क्याउने पारामा भन्दै गइन् । लोग्नेले फकाउँदै भने- तिमीले यस्तो हर्कत नगर ! दशैँमा ससुराली जाँदा किनिदिउँला पक्का भो, अनि ताइ न तुइँका कुरा नगर । हामी जस्तो आधा तलवमा काम गर्छु भन्नू त कता हो कता, उल्टै धर्ना दिनृ कुरा पो गर्छे बा ४४४ ! धर्नाको कुरा सुन्ने बित्तिकै लोग्नेको पारो तार्‍यो र झोक्किँदै भने- यस्ता धर्नाको कुरा गर्नेहरूलाई कसरी निलम्बनमा पार्नुपर्छ मैले पनि जान्या छु, अनि देख्लिस् । त्यसपछिको अन्तिम विकल्प भनेको छोडपत्र हो बुझिस् !

लोग्नेको कडा कुरा सुनेर वित्यास पार्ने भो भन्ने सम्झेर श्रीमतीले हँ…, हँ… मात्र गरिन् । रिसाएको लोग्नेलाई काबुमा ल्याउन श्रीमतीले हाँस्दै भनिन्- तपाईंले के भन्नुहुन्छ भनेर यस्सो ठट्टा पो गरेकी त, पारो तताई हाल्नु पर्छ त ! मन चोरेको पनि थाहा नपाउने कस्तो बुद्धु लोग्ने हो । लोग्नेले मुख खोल्दै भने- मैले पनि त्यसै गर्‍या त हो नि ! दुवै हाँस्दै मासु लिएर खुरुखुरु भान्छा कोठातिर लागे । मासु पकाउन सामग्री के छ छैन हेरेर श्रीमतीलाई सुनाउँदै लोग्ने मसला किन्न पसलतिर लागे । चाकडीको भाषामा श्रीमतीले बोल्दै भनिन्- हस् सरकार ! छिटो ल्याउनोस् है !

साहुजी एक लिटर तेल र एक पाकेट मसला दिनोस् त ? भने बमोजिमको सामान लिएपछि सय रूपैयाँको नोट साहुजीलाई दिए । साहुजीले भने- बाबू ! पैसा पुगेन ? हिजो यत्ति नै लाँदा त त्यत्ति नै थियो त ! आज किन ? खरिदकर्ताले सोध्यो ? साहुले भन्यो- बाबू ! सरकारले कर्मचारीको तलव बढायो, यता सामानको भाउ बढ्यो त्यसैले ! पच्चीस रूपैयाँ पुगेन है ! म बजारको भाउ सुनेर छक्क परेँ । मैले सामान फिर्ता दिँदै भने- साहुजी ! तपाईंको सामान राख्नुस्, मेरो पैसा फिर्ता दिनुस् !

म चकित र थकित हुँदै घर फर्कें । घर पस्ने बित्तिकै दिक्दार हुँदै श्रीमतीलाई भने- आज मासु पोलेर खाने, तेल सेल ल्याइनँ है ! श्रीमती फेरि ट्वाल्ल परिन् । तिनी तेल र मसलाको पखाईमा थिइन् ।

म हिसाब गर्न थाले । बढ तलब यत्ति …. बढ महङ्गी यत्ति…. वचत यत्ति… श्रीमतीलाई लुगा यत्ति… चामल, दाल यत्ति… आलु, प्याज, साग यत्ति । साँच्चै पहिलेको भन्दा अहिलेको तलबको कार्यशक्ति आधा भएछ । सरकारले हाम्रो माग त पूरा गरिदियो, तर के गर्नु हातमा लाग्यो यामानको गोलो ।

होइन, बियर नखोली गम्भीर भएर के कोर्न लाग्नु भएको ! श्रीमानको ताल देखेर श्रीमतीले भनिन् । लोग्नेले श्रीमतीलाई सम्झाउँदै भन्छ- यो बियर फिर्ता लैजाउ । अब हाम्रो खाना मसिनो चामल हैन, आधा कुरूवा पिठोमा दुई कुरूवा पानी हाल्नुपर्छ बुझ्यौ बूढी ।

लोग्नेको कुरा सुनेर श्रीमती ताजुव मान्दै भन्छिन्- के हुन्छ यो बुढोलाई छिनका छिनमै । लोग्नेले भन्यो- बूढी ! बजारको भाउ आकाशिँदै बढेको त पत्तै भएनछ नि ! यो सबै त्यसैको करामत हो क्या ।

श्रीमती आफ्नो सपना यसपालि पनि चकनाचुर भएकोमा हिस्स परिरहिन् ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x