साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाई छ सरकार !

डढेलो रोएको पाखा जस्तो दुर्घटना चिच्च्याएको सडक जस्तो सासमा पौडिएको नदी जस्तो तिम्रा अनुभूतिको व्यावस्थापन पनि चाँडै गर है बधाई छ सरकार !

Nepal Telecom ad

नदी भट्टराई :

तिम्रा नीतिगत काम कर्तव्य र अधिकार देखेर
ब्रह्मालगायत तेत्तिसकोटी देवताहरूले पनि
विजयोत्सव मनाए रे
कति सुन्दर व्यवस्थापन
कति पारदर्शी
कति बैज्ञानिक
बरु तिम्रा चम्चा र झोलालाई प्रयोग गर्न अझै नबिर्सनू
यसरी सडकयात्री र हवाईमार्गी जनतालाई धमाधम
कोटीहोम चलायौ भने
चित्रगुप्तको खातामा तातो तेलको कुण्डमा
पुण्यात्मा कसो नपर्लान् तिम्रा पनि
बधाई छ सरकार !

हुन पनि
सुन हाँसेको मिलीभगत जस्तो
रात रमाएको हत्याहिँसा र बलात्कार जस्तो
सरकारी जग्गा बेचिएको पुण्य कर्म जस्तो
विकास साटिएको उद्योगधन्दा र नदीनाला जस्तो
सजिलै व्यावस्थापन कहाँ छ र ?
जे गर्यौ , ठीक गर्याै
बधाई छ सरकार !

विचरा !
चराको हुल पन्साउन नसकिरहेको बेला
विमानस्थलमा देश हराएको छ
आफन्तका सासको आस हराएको छ
परिवारको इतिहास हराएको छ
सिउँदो र सम्बन्ध मेटिएको छ
स्वाभिमानिस्थलको कुरा र काँचका चुरा हुन् र
जीवनको गन्तव्य ?
जुन आफैँ अस्थायी हुन्छ
अनुभूति गरिन्जेल र देखाइन्जेल होइन र ?
अबदेखि
सडकयात्रीको यात्राको गन्तव्य नै
कि भिरमा कि त्रिशूली तीरमा
यो भन्दा राम्रो नीति व्यावस्थापन के हुन सक्ला र सरकार !
सर ! कार – को चलाउलान् अब ? ?
यहाँ सू- रक्षा आफ्नै शरीरले पो गर्ने हो त रे !
व्ववस्थापन भनेको टुङ्ग्याउनु हो भने
अझै पोल सरकार !
विमान, सडक, नदी, भिर र पहाडका खोँचहरूको
अगेनामा निहथ्या जनताका चरु !
र पुण्य कमाऊ !
बधाई छ सरकार !

तिम्रा कौरवमय ताण्डवलाई
साम्य पार्न पाण्डवमय इतिहास फिक्का लाग्ला
रणचण्डी पनि आवश्यक परेन
यदि पर्यो भने भन्नू –
बाबुलाई डोकामा बोकेर भिरबाट फालेको इतिहास
तिम्रा छोराको पिठ्युँ र डोकाको आशनसँगै
जनताझैँ तिमीले पनि चरु बन्ने सौभाग्य प्राप्त गर्नेछौ
रङ हराएको कला जस्तो
देश आत्तिएको कवि जस्तो
बादल छोपिएको आकाश जस्तो
अँध्यारो मसान साधनाको अवसान
पनि त व्यवस्थापन रहेछ ।
बधाई छ सरकार !

जहिले पनि आत्मश्लाघा र
रतिरागसँग अनुराग साटिरहनू !
जनताका आँशुमय जीवनमा
गङ्गास्नान गरेर नै पवित्र सम्झन्छौ भने
मृत्यु हराएको अनुभूति जस्तो
डढेलो रोएको पाखा जस्तो
दुर्घटना चिच्च्याएको सडक जस्तो
सासमा पौडिएको नदी जस्तो
तिम्रा अनुभूतिको व्यावस्थापन पनि चाँडै गर है
बधाई छ सरकार !

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x