साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माइक्रोबसको कमाल

त्यस दिन उपरान्तदेखि मोटी दिदीलाई माइक्रोबसमा चढेको देखेको छैन । उनको छाया मात्र पर्दा पनि ड्राइभरहरू बेजोडले माइक्रोबस चलाएर भाग्छन् ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

काठमाडौँ, कपनको रुटमा चल्ने माइक्रोबसमा सधैं भीड हुने गर्छ । १५ जनाको सिटबाहेक पनि थप १५ जना यात्रीलाई कोचेर झुन्डिएर सधैं आतेजाते यात्रा गर्नेमध्ये म पनि एक है । सो रुटमा चल्ने माइक्रोबसमा यात्रा गर्ने यात्रीहरूलाई यस्तो बानी परिसक्यो कि कुनै दिन हलुकासँग यात्रा गर्न पाए भने उनीहरूलाई सन्चो नै हुँदैन ।

एक दिनको घटना हो कार्यालयमा छिटो पुग्ने धुनमा माइक्रोबसमा कोच्चिएर यात्रा गर्दै थिए। खलासीले भाडा माग्दै थियो, हामीले लाग्दो भाडा दियाँ। तर हामीबीचमा एउटी मोटी महिलासँग भने खलासीले डबल भाडा माग्दै थियो । मोटी महिलाले रन्किदै भनिन्- “कपनबाट बानेश्वरसम्म चढ्दा तेरो समितिले जति भाडा तोकेको छ त्यति मात्र दिन्छु, त्योभन्दा एक पैसा पनि दिन्नँ जा !”

खलासीले पनि रिसाहा पारामा भन्यो “तपाईंको जीउले दुई जनाको सिट ओगटेपछि नदिई सुक्ख ।”

भाडाको विषयमा खलासी र मोटी महिलाको बसभित्र यसरी वार्तालाप चलिरहेको थियो कि उनीहरूको कुरा सुनेर अन्य यात्रीलाई भने हाँसो उठिरहेको थियो । भाडामा विवाद गर्दागर्दै मोटी महिला आफ्नो गन्तव्य स्थान बानेश्वर पुगेर ओर्लिइन् । खलासीले डबल भाडा माग्न छाडेको थिएन । उनीहरूको भाडा वार्ता कायमै थियो । महिलाले आफ्नो लाग्दो भाडा दिइन् र गन्तव्यतिर सोझिइन् । त्यस घटनापश्चात् ती मोटी महिलालाई देख्नेबित्तिकै ड्राइभर खलासीलाई सङ्केत गर्दै भन्छ- “मोटी दिदी आइराछ छिटो बस् । फेरि तेरो ज्यानले दुःख पाउला ।”

त्यस दिनको घटनापछि सो रुटमा चल्ने अन्य माइक्रोबसमा समेत तिनै मोटी महिलाको चर्चा चलेको थियो । त्यस दिन उपरान्तदेखि मोटी दिदीलाई माइक्रोबसमा चढेको देखेको छैन । उनको छाया मात्र पर्दा पनि ड्राइभरहरू बेजोडले माइक्रोबस चलाएर भाग्छन् ।

केही समयपछि अचानक एक दिन ती दिदीसँग मेरो भेट भयो । उनी त दुब्लाएर चिटिक्ककी भइछन् । मैले दिदी ठानेकी उनी त बैनी पो भइछन् । मैले भनें – “कसरी घट्‌यो तपाईंको जीउ ?” उनले भनिन्- “हेर्नुस् दाइ, मान्छेलाई चोट नपरी चेत आउँदो रहेनछ । कत्रो सोर्सफोर्स लगाएर जागिर पाएँ। अफिस जान पनि यो ज्यानले समस्यामै पार्यो । मेरो यो भकारीजत्रो शरीर देखेर माइक्रोबसले चढाउन नमान्ने, माने पनि डब्बल भाडा माग्न थालेपछि मैले पनि हिँडेरै अफिस जाने निधो गरें। दिनदिनै पसिना काढेर हिँड्न थालेपछि त ज्यान पनि घट्‌यो। पैसा पनि जोगियो। मलाई देखेर परपरै तर्किने एक जनासँग मेरो त पिरेम पो चल्दैछ त दाइ । धन्यवाद माइक्रोबसको त्यो खलासी भाइलाई ।”

केही महिनापछि ती दिदीलाई माइक्रोबसको अघिल्लो सिटमा देखें । मैले ‘अहो !’ भनेर छक्क प्रकट गरें। उनले लजाउदै हाँस्दै बसको ड्राइभरलाई देखाउदै भनिन् – “उहाँ त मेरो श्रीमान् । मेरो जीउ घटेपछि उहाँले मन पराउनुभयो, हाम्रो त बिहे पो भो ।”

०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x