मरुभूमि नारायणको चोखो हुन्छ ?
हजारौँका जुत्ता चप्पल महाजनका पैतालामा गरिबको टाउकोमा फाङ्ग्रो डोको हुन्छ ।

मरुभूमि नारायण :
जाँड रक्सी खान्न त्यो सधै भोको हुन्छ
थाप्लोमा उसको ऋण ऋणको पोको हुन्छ ।
इमान्दार बन्न खोज्नु मूर्खता हौ मात्र
भुन्टाभुन्टिं छाप्रोमा नखाएर रोको हुन्छ ।
हजारौँका जुत्ता चप्पल महाजनका पैतालामा
गरिबको टाउकोमा फाङ्ग्रो डोको हुन्छ ।
विज्ञानको चमत्कार गरी साध्यै छैन
चिनो फेर्नाले, बाख्री सिधै बोको हुन्छ ।
सोचेको पुग्ने भए मान्छे देवता बन्थ्यो
भित्री मनमा धेरैको अधुरो धोको हुन्छ ।
एउटै गिलासमा भात खाने कयौं छन्
कसरी भन्ने को जुठो को चोखो हुन्छ ??
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































