साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान सम्मान र अपमान !

"होइन होइन, यस्तो प्रचण्ड व्यक्तित्वलाई कसैले हेपेर हेपिन्छ ? हजुरले जति किताब यिनीहरूले छोएका छन् ? उही अञ्जलि हो। हजुर त हाम्रो किताबेन्द्र, केन्द्रको साथी ! जय नेपालको न्यानो लाल सलाम !"

Nepal Telecom ad

धनराज गिरी :

आफ्नै सुरमा,आफ्नै दुनियाँमा बसेर असार २१, मार्च २९ र भानु जयन्तीको कल्पनामा हराइरहेको थियो प्रोफेसर “अजेयनारायण देवेन्द्रराज आशुतोष उजुरीपेटिकानाथ जगन्नाथश्री गिरिजालोपाध्याय”, मनमा कुलपतिहरू उपकुलपतिहरू आए,श्रीधर,बालु,कोपिला पनि, बद्री, केदार, विश्वनाथ अशोक, घायल, शिवनन्दन जोर रत्नश्री, स्वर्ग र इन्द्रमहाराज। उता मितवा “प्रोफेसर जगमोहन आजाद सुमेधाश्री र पेरुको याद, फरियाद, उता सम्पूर्ण साहित्यको पीर, कलमवीर, पञ्कज धीर,कर्ण सम्झिएर गोकर्ण वनतिर पुग्यो। एउटा पोस्ट,आम्मै, हिमालयन गुनासो, “पक्कै नीला नीला मिले !” अब के हुन्छ ? “व्यास” यो विम्वले तान्यो। दिनमैं तारा देख्यो। बाली, सुग्रीव, हनुमान, रामहरू सम्झियो। पाका, केन्द्र, अहिल्या, इन्द्र, अयोध्या, भानु,अब कता जानू !? कोलकोता ?

“दाजु, कुरा उही हो ?” भिडिओ कल, सिडिओ दाइलाई।प्रचण्ड क्रोध। प्रोफेसरकी भाञ्जी,निर्मल,विमल,कञ्चन गङ्गा सम्झियो। “हे योगी महाराज,सुम्निमाका खानदानले अर्नु अरे,विना ढेउवाको जस्तो “अपमान, अपमान, अपमान !” चित्त दुख्यो बाबै ! क्यार्ने ? म त अब यी शेर लेख्ने आरजूहरूको गगनमा गएर म विश्वलाई केही पनि प्रकाश पार्दिन। यी चिलाउनेका रूखहरूले अर्नु अरे ? गोर्खालीको अपमान ? यो राताटिमुली, अहिले पण्डित, देवेन्द्र दण्डित ? ना ना ना, बहुत नाइन्साफी रे जोगी ? “दाजी चर्किए। अनि इन्द्रानुज, शालीन पारामा, सुनायो अपमान पुराण :

“दाजु,यो मान,सम्मान, अपमान, केही हो, केही पनि होइन, केही हो, मानेमा, मेरो पनि हजुरको जस्तै अनुभूति छ। मेरै गाउँ, मेरै स्वर्ग, सौराहामा पटक पटक मेरो अपमान भयो, बोलाउने, नाम पनि नलिने, जब कि त्यो धाम, त्यो हस्तिनापुरमा, समयले मलाई भीष्म पितामह बनाइसकेको हो, म पनि भित्र भित्र दुर्वासा बनेकै हो, तर पछि, जब जीवनमा अनेक उतारचढावहरू आए, मन बुद्ध भयो,” अपेक्षा, उपेक्षा, अपेक्षा उपेक्षा, आशा,निराशा, अब वीतरागी, पक्का जोगी,यो त मेरै मनको उत्पादन हो, किन अपमान ? यो त मेरै मनको सोच हो।

दाजु,चेतकान्तानुज अध्यक्ष,साहित्य सङ्गम, कान्छोको निम्तो,यो अब जीर्ण हुन हुन लागेको शरीर,बछौलीदेखि, आयो, ४३ पटक, न आसनग्रहण,न यसो बोल्ने मौका, अलिअलि चित्त दुख्यो ? दुख्यो ! तर दुखेन ! म मुला नाथे जोगी ? म अमीर ? होइन। म अक्षत लेखक, होइन ? म शक्तिशाली ? होइन ? मुला अराजक फेसबुके जोगी ! तेरो के औकात ? मेरो मनले भन्यो। अब, यो जोगी भाइको जीवनमा कोही पनि अपरिहार्य होइन, धनराज गिरी, बाहेक। सब भ्रम! सबै प्याराडक्स! उकासो र पिकासो!! निहिलिजम हावी ममा! चित्त दुख्छ। तर चित्त बुझाउने आफैंले हो। गोली मार्नुहोस् ! सकियो। उताको पनि मजबुरी थियो होला ! तर, किन्तु,परन्तु,लेकिन, गोली मारिए।

तपाईं अब महाजोगीको पदमा ! कुरा काटे ? केही फरक पर्दैन। यो जोगीको जीवनमा “आर्थिक शोषण र यौन शोषण” अपराध हो, पाप हो,अरू सबै झिनामसिना । केहीले पनि छुन्न। छुन्न भने पनि छुन्न। छोएछ भने पनि केही दिन ! अर्को “पाखण्ड पुराण २” लेख्छु। मुक्तक दाजु,मुक्तक ! इन्द्रको अगाडि स्वर्गको कुरा ! म माफी माग्छु है ? मान, सम्मान र अपमानभन्दा पर, तारालोकमा गएर भुल्नू दाजु ! नमन !” जोगी भाइ, प्रोफेसर ।
“कुरो त गर्छ जोगीले ! तर हेपेकै हो क्या !” दाजु ।

“होइन होइन, यस्तो प्रचण्ड व्यक्तित्वलाई कसैले हेपेर हेपिन्छ ? हजुरले जति किताब यिनीहरूले छोएका छन् ? उही अञ्जलि हो। हजुर त हाम्रो किताबेन्द्र, केन्द्रको साथी ! जय नेपालको न्यानो लाल सलाम !” कमरेड बिस्फोट अनुज।

“यो जोगी अब माओवादी भयो ल!” दाजु।
“हा हा हा,खयाली पुलाव !” वार्ता सकियो।

०००
चितवन, हाल – क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x