साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैमत्त महोदय !

भित्र भित्र फैलाएर जासुसीको जालो धुत्न खोज्छ भित्री कुरा, खुस्काउँछ तालो फटाहा छ, परिवारमा फाटो हाल्छ यल्ले पस्न नदिम्, पस्यो भने घर फुटाल्छ यल्ले ।

Nepal Telecom ad

मित्रलाल पंज्ञानी :

‘म फस्ट छु, सधैँ सधैँ मै हुने हो फस्ट
अरू फस्ट हुनै हुन्न, कुरो मेरो स्पष्ट
फस्ट हुन पाइन भने नष्ट पारिदिन्छु
यता बस्न दिन्न तँलाई, खोलो तारिदिन्छु ।

त्यो जिमीको स्रोत मैले लुट्न पाउनुपर्छ
लुट्न दिन्न भन्नेलाई चुट्न पाउनुपर्छ
नत्रभने जानेको छु के के गर्नुपर्छ
पछि देख्लास्, हुन्न भन्ने को को मर्नुपर्छ ।

तेरो नाका रोकिदिन्छु, तँलाई मारिदिन्छु
मलाई ढोग्न आइनस् भने ध्वस्त पारिदिन्छु
पृथ्वीमा मेरो जत्ति क्वैको छैन बल
पर्खी, तँलाई कस्तोगरी धसाइदिन्छु तल !’

सेँढिएको अधमले धम्की दियो आज
मैमत्तले गरेको छ संसारमा राज !
काल मात्यो पृथिवीमा, खान आँट्यो बस्ती
धर्तीबासी बाहिर निस्क, गर्नुपर्यो गस्ती ।

भित्र भित्र फैलाएर जासुसीको जालो
धुत्न खोज्छ भित्री कुरा, खुस्काउँछ तालो
फटाहा छ, परिवारमा फाटो हाल्छ यल्ले
पस्न नदिम्, पस्यो भने घर फुटाल्छ यल्ले ।

०००
कपन, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
10 months ago

बुद्ध बन्नु थियो मैले बाटो खोज्नु थियो नयाँ
फैलाउनु थियो मैले चेतनाको दियो नयाँ

Nepal Telecom ad
यहाँ उल्टो छ नर्मदा !

यहाँ उल्टो छ नर्मदा...

मित्रलाल पंज्ञानी
राष्ट्रका शत्रु

राष्ट्रका शत्रु

मित्रलाल पंज्ञानी
भ्रष्टाचारको पहरो

भ्रष्टाचारको पहरो

मित्रलाल पंज्ञानी
सद्दे को ?

सद्दे को ?

मित्रलाल पंज्ञानी
ठुलाहरू !

ठुलाहरू !

मित्रलाल पंज्ञानी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x