साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सद्दे को ?

भिन्नता क्यै देखिँदैन मै हुँ भन्छन् खाँटी, किन यिन्ले बनाएका भिन्नाभिन्नै पार्टी ? हाँगा भिन्नै भए पनि त्यै बुटाको फेद ,सद्दे को हो छैन भने चरित्रमा भेद ?

Nepal Telecom ad

यस्का घर भाँडा माझ्ने कङ्गालका बच्चा
यल्ले ठान्छ आफूलाई क्रान्तिकारी सच्चा
त्यल्ले पनि त्यस्तै गर्छ मज्जा लिने दाऊ
सोझा मान्छे अभेदको भेद हेर्न आऊ

यल्ले पनि विवाहमा दाइजो माग्छ धेरै
त्यल्ले ठान्छ धेरै दाइजो हुनुपर्छ मेरै
बराबरी यी दुवैको झिलिमिली चर्को
के गरेर छुट्याउने यौटाबाट अर्को

यल्ले पनि मेरो भत्ता बढ्नै पर्छ भन्छ
सांसदले पजेरो त चढ्नै पर्छ भन्छ
दाम् राखेर ढुङ्गालाई ढोग्छ यल्ले पनि
विलासको जिन्दगानी भोग्छ यल्ले पनि

तिनै धोका तिनै जाल तिनै आनीबानी
तिनै माछा तिनै माझी त्यै धमिलो पानी
यो दल कि त्यो दलको कुरा निकालेर
झगडामा वर्षौं बित्यो बैँस गयो खेर

भिन्नता क्यै देखिँदैन मै हुँ भन्छन् खाँटी
किन यिन्ले बनाएका भिन्नाभिन्नै पार्टी
हाँगा भिन्नै भए पनि त्यै बुटाको फेद
सद्दे को हो छैन भने चरित्रमा भेद ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ उल्टो छ नर्मदा !

यहाँ उल्टो छ नर्मदा...

मित्रलाल पंज्ञानी
मैमत्त महोदय !

मैमत्त महोदय !

मित्रलाल पंज्ञानी
राष्ट्रका शत्रु

राष्ट्रका शत्रु

मित्रलाल पंज्ञानी
भ्रष्टाचारको पहरो

भ्रष्टाचारको पहरो

मित्रलाल पंज्ञानी
ठुलाहरू !

ठुलाहरू !

मित्रलाल पंज्ञानी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x