साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाउ

लेका परेला भिजेको देखेर बालकले थप्यो; “यस नाबालकले कसको पिँडालुबारी फाँडेको थियोे र ? मलाई लागेको घाउ संसारलाई देखाउन चाहन्छु ।”

Nepal Telecom ad

“तिमी थाकिसक्यौ, पिठ्युँको बोझ मलाई बोक्न देऊ ।” पालो पाउन निकैबेर लाग्ने देखेर पालेले बालकलाई भन्यो । किनभने आफन्तको लास विसर्जन गर्नेहरूको लाम लामै थियोे ।

नेपथ्यमा बमगोला-बारुदको धिमा आवाज आइरहेको थियोे । त्यसैबेला दश वर्षे बालक समाधिस्थलको पंक्तिमा लामबद्ध थियो ।

उसले पिठ्युँमा पाँच वर्षको भाइ बोकेको थियोे । निष्प्राण भाइको शिर भुईंतिर लत्रेको थियोे । रोक्ने र आफैंभित्रै सीमित पार्ने चाहना हुँदाहुँदै पनि आँखाले धर्म छाडेर अश्रुवर्षा गराइरहेका थिए । क्रन्दन बाहिर फुत्किन नदिई भित्रै दबाउन उसका ओठहरू सक्षम थिए । ओठ टोक्दा निस्केको रगत रोक्न भने ऊ विल्कुलै असक्षम थियोे ।

“मैले आफ्नो भाइरूपमा फूलपाती बोकिरहेको छु र लाइन छोट्टिँदै जाँदा बोक्न नपाउने भएँ भन्ने चिन्ताले गलाउँदै छ ।” बालकको यस्तो चट्टानी कथन सुनेर द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका जापानी आफन्तजनले आलो घाउमा मलहम दलिएको अनुभव गरे ।

“सास नभए पछि जो पनि बोझ बन्छ र त्यसलाई धर्तीमै बिसाउनुपर्छ ।” पालेले जीवनको दैलो खोल्दै थप्यो ।
“अरूको नजरले फोहर ठानेको फूलपाती भक्तको लागि धर्म पूरा गर्ने आधार बन्छ; बोझ होइन ।” बालकको आवाज सुनियो ।

“चोखोनितो गरी फूलपाती विसर्जन गर्ने हतारो भक्तलाई पनि हुन्छ । आफू एक्लैले नसके अरूलाई बोकाउनु पनि पर्छ ।”

पालेको यस्तो कथन सुन्नासाथ बालकले भन्यो; “अरूको हातबाट फूलपाती बिसर्जन गर्ने चाहना भक्तलाई हुन्न । आफैं डट्ने र खट्ने अभीष्ट हुन्छ ।”

पालेका परेला भिजेको देखेर बालकले थप्यो; “यस नाबालकले कसको पिँडालुबारी फाँडेको थियोे र ? मलाई लागेको घाउ संसारलाई देखाउन चाहन्छु ।”

पालेले सुस्तरी थप्यो; “यो शक्तिको अहङ्कारले बनाएको घाउ हो; निको हुन युगौं लाग्छ ।”

०००
२०७९-०८-२३
सिद्धार्थटोल, उदयपुर । अहिले- राजविराज, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x