नन्दलाल आचार्यघाउ
लेका परेला भिजेको देखेर बालकले थप्यो; “यस नाबालकले कसको पिँडालुबारी फाँडेको थियोे र ? मलाई लागेको घाउ संसारलाई देखाउन चाहन्छु ।”

“तिमी थाकिसक्यौ, पिठ्युँको बोझ मलाई बोक्न देऊ ।” पालो पाउन निकैबेर लाग्ने देखेर पालेले बालकलाई भन्यो । किनभने आफन्तको लास विसर्जन गर्नेहरूको लाम लामै थियोे ।
नेपथ्यमा बमगोला-बारुदको धिमा आवाज आइरहेको थियोे । त्यसैबेला दश वर्षे बालक समाधिस्थलको पंक्तिमा लामबद्ध थियो ।
उसले पिठ्युँमा पाँच वर्षको भाइ बोकेको थियोे । निष्प्राण भाइको शिर भुईंतिर लत्रेको थियोे । रोक्ने र आफैंभित्रै सीमित पार्ने चाहना हुँदाहुँदै पनि आँखाले धर्म छाडेर अश्रुवर्षा गराइरहेका थिए । क्रन्दन बाहिर फुत्किन नदिई भित्रै दबाउन उसका ओठहरू सक्षम थिए । ओठ टोक्दा निस्केको रगत रोक्न भने ऊ विल्कुलै असक्षम थियोे ।
“मैले आफ्नो भाइरूपमा फूलपाती बोकिरहेको छु र लाइन छोट्टिँदै जाँदा बोक्न नपाउने भएँ भन्ने चिन्ताले गलाउँदै छ ।” बालकको यस्तो चट्टानी कथन सुनेर द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका जापानी आफन्तजनले आलो घाउमा मलहम दलिएको अनुभव गरे ।
“सास नभए पछि जो पनि बोझ बन्छ र त्यसलाई धर्तीमै बिसाउनुपर्छ ।” पालेले जीवनको दैलो खोल्दै थप्यो ।
“अरूको नजरले फोहर ठानेको फूलपाती भक्तको लागि धर्म पूरा गर्ने आधार बन्छ; बोझ होइन ।” बालकको आवाज सुनियो ।
“चोखोनितो गरी फूलपाती विसर्जन गर्ने हतारो भक्तलाई पनि हुन्छ । आफू एक्लैले नसके अरूलाई बोकाउनु पनि पर्छ ।”
पालेको यस्तो कथन सुन्नासाथ बालकले भन्यो; “अरूको हातबाट फूलपाती बिसर्जन गर्ने चाहना भक्तलाई हुन्न । आफैं डट्ने र खट्ने अभीष्ट हुन्छ ।”
पालेका परेला भिजेको देखेर बालकले थप्यो; “यस नाबालकले कसको पिँडालुबारी फाँडेको थियोे र ? मलाई लागेको घाउ संसारलाई देखाउन चाहन्छु ।”
पालेले सुस्तरी थप्यो; “यो शक्तिको अहङ्कारले बनाएको घाउ हो; निको हुन युगौं लाग्छ ।”
०००
२०७९-०८-२३
सिद्धार्थटोल, उदयपुर । अहिले- राजविराज, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest










































