साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ उल्टो छ नर्मदा !

ज्ञानका श्रमका खानी युवा अन्तै धपाउँछन् लोभलालचका घैँटा सत्तामा लप्लपाउँछन् खेलाई ठगले खाए हाम्रो अमूल्य सम्पदा यो सुल्टो पार्नु पर्नेछ ! यहाँ उल्टो छ नर्मदा !

Nepal Telecom ad

मित्रलाल पंज्ञानी :

मलिँदै जानु पर्नेमा रुखिँदैछन् गराहरू
गैह्रिँदै जानु पर्नेमा उत्रिँदैछन् जराहरू
मरे काजक्रिया गर्छन् हेर्दैनन् जीवितै छँदा
बोक्रा दामी गुदीभन्दा यहाँ उल्टो छ नर्मदा !

भ्रष्टाचार खुबै फल्छन्, अन्न फल्दैन खेतमा
हाम्रो देश कहाँ पुग्ला यात्रामा छ अचेतमा !
‘केले रक्षा हुनेहोला दुःख दुर्दान्त उम्लँदा’
गहिरो चिन्तना छैन, यहाँ उल्टो छ नर्मदा !

ज्ञानका श्रमका खानी युवा अन्तै धपाउँछन्
लोभलालचका घैँटा सत्तामा लप्लपाउँछन्
खेलाई ठगले खाए हाम्रो अमूल्य सम्पदा
यो सुल्टो पार्नु पर्नेछ ! यहाँ उल्टो छ नर्मदा !

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैमत्त महोदय !

मैमत्त महोदय !

मित्रलाल पंज्ञानी
राष्ट्रका शत्रु

राष्ट्रका शत्रु

मित्रलाल पंज्ञानी
भ्रष्टाचारको पहरो

भ्रष्टाचारको पहरो

मित्रलाल पंज्ञानी
सद्दे को ?

सद्दे को ?

मित्रलाल पंज्ञानी
ठुलाहरू !

ठुलाहरू !

मित्रलाल पंज्ञानी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x