साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमा कष्टनिवारिणी भगवती यो भूमिकी सान हुन् आमा डाक्टर सेविका भुवनकी, सन्तानकी प्राण हुन् आमाकाख समान भव्य जगमा के नै अरू हुन्छ र आमाको महिमा अपार भवमा, लेखेर को सक्छ र ?

Nepal Telecom ad

विदुर अधिकारी :

आमा शब्द अहा! बडो गजबको, नामै पुकार्दा पनि
साँच्चै शीतलता हुने छ मनमा, हुन् सभ्यताकी धनी
आमा हुन् ध्वनिवेग शब्द लहरी, सङ्गीतकी अन्तरा
आमा दिव्य प्रभा अपार भवकी, हून् स्वर्गकी अप्सरा
(१)

आमा चार विशेष धाम भवकी, हुन् श्रेष्ठ सत् सारथि
आमा सृष्टि चलाउने भुवनकी, हुन् है कलापारखी
आमाको गरिमा अनन्त भवमा, बुझ्दैन कोही पनि
आमा अब्बल सान हुन् भुवनकी, सद्भावकी रागिनी
(२)

आमा हुन् अनमोल जीवन घडा, सत्कर्मकी साधिका
आमा नम्र मिठासकी धरहरा, हुन् प्रेमकी राधिका
आमा हुन् घरकी अपार मनकी, वात्सल्यकी सुन्दरी
आमा सन्ततिकी धरोहर परी, हुन् प्रीतकी मञ्जरी
(३)

नौ मैनातक कष्टसाथ उनले, राखेर त्यो गर्भमा
जन्माइन् अनि हुर्कियौँ नि उनकै, पाएर सद्भावना
जल्ले भुल्दछ मातृकर्म गरिमा, त्यो पात्र हो दानव
आमाको गरिमा बुझेन जसले, हो लाश त्यो मानव
(४)

आमा कष्टनिवारिणी भगवती यो भूमिकी सान हुन्
आमा डाक्टर सेविका भुवनकी, सन्तानकी प्राण हुन्
आमाकाख समान भव्य जगमा के नै अरू हुन्छ र
आमाको महिमा अपार भवमा, लेखेर को सक्छ र ?
(५)

०००
भरतपुर महानगरपालिका-१९
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x