साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली शिक्षा परिषद्को अमृत वर्ष महोत्सवमा कवि गोष्ठी

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षता र सदस्य दिव्यचन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख आमन्त्रित -प्रा. डा. जगत् प्रसाद उपाध्याय प्रेक्षित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ मङ्सिर २६ । ‎नेपाली शिक्षा परिषद्को अमृत वर्ष महोत्सवका अवसरमा आज २०८२/०८/२६ का दिन एक अतिरिक्त कार्यक्रम आयोजना गरी कविगोष्ठी सञ्चालन गरियो ।

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षता र सदस्य दिव्यचन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख आमन्त्रित -प्रा. डा. जगत् प्रसाद उपाध्याय प्रेक्षित हुनुहुन्थ्यो । वाग्मती प्रदेशका माननीय सदस्य पूर्व पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, छन्दसारथि रमेश खकुरेल र मुकुन्द शर्मा चालिसे विशेष आमन्त्रित हुनुहुन्थ्यो ।

राष्ट्रगानका साथ आरम्भ भएको सभालाई कोषाध्यक्ष शङ्कर पाण्डेले स्वागत गर्नुभयो । यो संस्थालाई जीवन्त राख्न युवा पुस्ताले पालो लिनुपर्छ भन्नुभयो ।

वाग्मती प्रदेशका विधायक दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्यमा परिषद्लाई केही आर्थिक सहयोगका लागि प्रयास गर्दै रहेको बताउनुभयो ।

‎प्रमुख आमन्त्रित प्रा.डा जगत् प्रसाद उपाध्याय प्रेक्षितले कीर्तिशेष गोपाल पाण्डे असीमको भाषा, साहित्य सेवाको प्रशंसा गर्दै नेपाली शिक्षा परिषद्को अमृत वर्षसम्म ल्याएर जोड्नुभयो र मन्तव्यको समापनमा “कर्तव्य” शीर्षकको कविता उपजाति छन्दमा सुनाउनुभयो ।

वाचन कार्यक्रमको समापनमा वाचनमा सहभागी कविगणलाई प्रशंसापत्र प्रदान गरिएको थियो । ‎१. छन्दसारथि रमेश खकुरेलबाट अमृत वर्ष महोत्सवलाई सम्बोधन गर्दै शुभकामना कविता “वृद्धि होस् नित्य हर्ष” स्रग्धरामा प्रस्तुत गर्नुभयो । यस क्रममा- ‎२.जीवन अधिकारी “आलोचना” भुजङ्गप्रयातमा, ‎३.उत्तम विचार भेटवाल- “गर्दैछु विज्ञापन” शार्दूलविक्रीडितमा, ‎४.रामचन्द्र घिमिरे – “गृहस्थगीता” उपजातिमा, ‎५. प्रभा भट्टराई आचार्य- “शिक्षाचिन्तन” इन्द्रवज्रा, उपजातिमा, ‎६. राधिका पन्त – “मिसेस मेडम र सर ( गद्यकविता), ‎७.कल्पना अधिकारी- “मोक्षका तर्फ लाग” मन्दाक्रान्तामा, ‎८.रामचन्द्र न्यौपाने “सन्तकवि”-“प्रतिप्रश्न” शार्दूलविक्रीडितमा, ‎९.खगेन्द्र खोल्साघरे- “असीम ?” पञ्चचामर र मालिनीमा, ‎१०.गीता कार्की- “मुटु हराएको सूचना” गद्यकविता प्रस्तुत गरिए ।

त्यसैगरी ‎११.बद्री पोख्रेल- “निराशा” भुजङ्गप्रयातमा, ‎१२.रूपक अलङ्कार- “उद्बोधन” पञ्चचामरमा, ‎१३.जगदीश्वर पोख्रेल- “प्रलोभ” पञ्चचामरमा, ‎१४.कोषराज न्यौपाने- “लाग सद्बुद्धिमा अब” अनुष्टुप्मा, ‎१५.त्रिभुवनचन्द्र वाग्ले-“परपीडाको रमाइलो” गद्यकविता, ‎१६- भुवनहरि सिग्देल- “लोकतन्त्र के तँलाई सञ्चै छ ?” शार्दूलविक्रीडितमा, ‎१७. निर्मलरमण पराजुली – “बुद्ध बुद्धत्व र शान्ति” गद्यकविता, ‎१८.चन्द्रवदना घिमिरे – “प्राकृतिक ..” शार्दूलविक्रीडितमा, ‎१९ ज्ञाननिष्ठ ज्ञवालीबाट शिवगोपाल रिसालको शुभकामना कविता वाचन, ‎२०- मुकुन्द शर्मा चालिसे- शुभकामना कविता, वसन्ततिलकामा, ‎२१. पुरुषोत्तम सिग्देलको शुभकामना कविता दिव्यचन्द्रबाट वाचन, उपजातिमा, ‎२२. बमबहादुर थापा जितालीबाट- “नेपाली शिक्षा परिषद्को अमृत वर्ष” लोकलयमा शुभकामना कविता, ‎२३. दिव्यचन्द्र आचार्य – .. पृथ्वी छन्दमा- यसरी कविताहरू प्रस्तुत भएका थिए ।

‎सदस्यसचिव लक्ष्मण थापाले सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । ‎सभालाई समापन गर्ने क्रममा अध्यक्ष रमा शर्माले परिषद्को ७५ अ‍ौं वर्षलाई अमृत वर्षको रूपमा सम्बोधन गर्ने अवधारणा ल्याइएको र यसै सन्दर्भलाई मूर्तरूप दिने पहिलो प्रस्तुति आजको कविगोष्ठी आयोजना गरिएको हो । आफू परिषद्को अध्यक्ष हुन सक्षम नभए पनि सबै भाषा, साहित्यप्रेमीहरूको सदाशयता र सहयोगबाट नै परिषद्का गतिविधिहरू अघि बढ्न सकेको बताउनुभयो । सबैलाई धन्यवाद दिंदै सभा समापन गर्नुभयो ।

०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x