साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनाथ पुस्तकालयमा साहित्यिक विमर्श `सुकबारे भेला´

कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भाइबहिनीहरूको सहभागितामा प्रतियोगितात्मक कार्यक्रमका माध्यमबाट तरुण पुस्तालाई साहित्यिक विमर्शमा समेट्ने नौलो र महत्त्वपूर्ण जमर्को गरिएको थियाे ।

Nepal Telecom ad

झापा, २०८२ मङ्सिर २६ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापा नेपालद्वारा महिनाको अन्तिम `सुकबारे भेला´कार्यक्रम आयोजना गरियाे ।

कार्यक्रममा कृति विमोचन/ समीक्षा / परिचर्चा, कविता वाचन जस्ता आफ्नो नियमित उपक्रमलाई यथावत राख्दै पृथक विषयवस्तुलाई महत्त्व दिइ मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई समाविष्ट गर्दै आजको तरुण जेन-जी पुस्तालाई जोड्ने प्रयासस्वरूप “विद्यार्थीसँग लेखनाथ पुस्तकालय जेन-जी आन्दोलनको प्रभाव र असर विषयमा विद्यार्थीहरू वीच वक्तृत्वकला प्रतियोगिता” सम्पन्न भएकाे छ ।

कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भाइबहिनीहरूको सहभागितामा प्रतियोगितात्मक कार्यक्रमका माध्यमबाट तरुण पुस्तालाई साहित्यिक विमर्शमा समेट्ने नौलो र महत्त्वपूर्ण जमर्को गरिएको थियाे ।

भेलाको अध्यक्षता श्रद्धेय नवराज घिमिरे, प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. गङ्गाप्रसाद अधिकारी, विशिष्ट तथा निर्णायक मण्डलमा प्राध्यापकद्वय तारा विविध, चूडामणि वशिष्ठ, विषयवस्तुका परिकल्पनाकार प्राध्यापक होम सुवेदी, संस्थापक अध्यक्ष अग्रज व्यक्तित्व डिल्लीराम खतिवडा, पूर्वाध्यक्षद्वय कृष्णहरि निराकार, खगेन्द्रा खुसी, अग्रज विद्वान् गङ्गप्रसाद ओली, हरिप्रसाद तिम्सिना, कविवर हरिप्रसाद न्यौपाने, विरही अधिकारी, उमानाथ पोखरेल , गङ्गा उप्रेती जस्ता मुर्धन्य व्यक्तित्वको उपस्थिति रहेकाे थियाे ।

प्रतियोगितामा पाँच जना विद्यार्थीले आफ्नो सशक्त प्रस्तुति दिनु भएको उक्त कार्यक्रममा कवि दङाल , आरती शर्मा पोखरेल, भानु पोखरेल, उषा गुरुङ र गेश्वरप्रसाद कोइराला एवम् विद्यार्थी भाइबहिनीको प्रतिनिधित्व गर्दै प्रियंशा धमलाले आफ्नो सिर्जना प्रस्तुत गरे ।

प्राध्यापक तारा विविधले प्रतियोगिताको निर्णय सुनाउनु हुँदै प्रतियोगीहरूलाई प्रेरणाप्रद भनाइ राख्नु भयो, स्थुल भाव र सूक्ष्म मानव शरीर विज्ञानलाई अध्यात्मसँग जोड्दै युवावस्थामा आक्रोश र नास्तिकता जीवन रूपान्तरणको प्रस्थान बिन्दु हो भन्ने गहन विद्वत भनाइ राख्नु भयो । साथै विद्यार्थी युवा पुस्तालाई आफ्नो संस्था उमा-गौरी प्रतिष्ठानमा जोडिन आह्वान गर्नु भयो ।

प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. गङ्गप्रसाद अधिकारीले वक्तृत्वकलामा ध्यान दिनुपर्ने कुरामाथि प्रकाश पार्दै विश्वविद्यालयले प्रमाणपत्र दिने हो सम्पूर्ण ज्ञानको भण्डार पुस्तकालय हो भन्दै पुस्तकालयलाई नयाँ विषयवस्तुसँग जोड्न सुझाव दिनु भएको थियाे ।

प्रतियोगिताको प्रथम श्री प्रियंशी धमला श्रीनेसनल मेरीगोल्ड अङ्ग्रेजी स्कुल, दितीय श्री समीर निरौला श्री वीरेन्द्र मा.वि चन्द्रगढी, तृतीय श्री प्रिजन बराल श्री नेसनल मेरीगोल्ड अं. स्कुलले परिणाम प्राप्त गरेका थिए ।

अन्त्यमा कार्यक्रमको अध्यक्षको मन्तव्य दिनुहुँदै आफै विद्यालयमा उपस्थित भई आमन्त्रण गरेकोमा धेरै विद्यालयले आमन्त्रणको अवज्ञा गरेको गुनासो गर्दै पुस्तकालयलाई तरुण पुस्तासँग जोड्ने प्रतिबद्धता जनाउनु भएको थियाे ।

सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिकिशोर आचार्यले गर्नु भएको थियो।

०००
महेन्द्र काेइरालाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x