साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको पहरो

स्वाबलम्बनलाई पस्न नदिने यै हो हामी लहरो तान्न चाहन्छौँ पहरो भत्काउन चाहन्छौँ पहरोमा आश्रित मालिकहरू लहरो चुँडाल्न चाहन्छन् पहरो जोगाउन चाहन्छन् अब घमासान लडाइँ पर्नेवाला छ ।

Nepal Telecom ad

मित्रलाल पंज्ञानी :

पहराको भित्र भित्र पसेको छ लहराको जरा
मजबुत छ यो लहरो
मसक्क बल पुर्‍याएर तान्ने हो भने
पहरो भत्कन्छ
हामी लहरो तान्न चाहन्छौँ
पहरो भत्काउन चाहन्छौँ
पहरोमा आश्रित मालिकहरू
लहरो चुँडाल्न चाहन्छन्
पहरो जोगाउन चाहन्छन्
हामी यसै छोड्नेवाला छैनौँ
उनीहरू पनि यसै छोड्नेवाला छैनन्
फैसला अब सङ्घर्षको मैदानबाट हुनेवाला छ
जनसङ्घर्षले शिखर छुनेवाला छ
हो, अब घमासान लडाइँ पर्नेवाला छ
जनवैरीको सेखी झर्नेवाला छ
हाम्रो घाम छेक्ने पहरो यै हो
हाम्रो माम खोस्ने पहरो यै हो
हाम्रो नाम मेट्ने पहरो यै हो
हाम्रो गला रेट्ने पहरो यै हो
हाम्रो खेतबारी बँझ्याउने पनि यै हो
हाम्रा उद्योग धन्दा सुकाउने पनि यै हो
युवालाई देशमा बस्न नदिने यै हो
स्वाबलम्बनलाई पस्न नदिने यै हो
हामी लहरो तान्न चाहन्छौँ
पहरो भत्काउन चाहन्छौँ
पहरोमा आश्रित मालिकहरू
लहरो चुँडाल्न चाहन्छन्
पहरो जोगाउन चाहन्छन्
अब घमासान लडाइँ पर्नेवाला छ ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ उल्टो छ नर्मदा !

यहाँ उल्टो छ नर्मदा...

मित्रलाल पंज्ञानी
मैमत्त महोदय !

मैमत्त महोदय !

मित्रलाल पंज्ञानी
राष्ट्रका शत्रु

राष्ट्रका शत्रु

मित्रलाल पंज्ञानी
सद्दे को ?

सद्दे को ?

मित्रलाल पंज्ञानी
ठुलाहरू !

ठुलाहरू !

मित्रलाल पंज्ञानी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x