साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १२६ औँ काव्यगोष्ठी

कार्यक्रमका सभापति त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद आचार्य हुनुहुन्थ्यो भने प्रमुख अतिथि वरिष्ठ गजलकार रामबहादुर पहाडी ।

Nepal Telecom ad

काठमाडौँ, ०८० जेठ १३ । घुम्ती कविगोष्ठी नेपालको १२६ औँ काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जुगल नव गुरुकुल, कपनमा सञ्चालन भएको यो कार्यक्रमका सभापति त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद आचार्य हुनुहुन्थ्यो भने प्रमुख अतिथि वरिष्ठ गजलकार रामबहादुर पहाडी ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सिस्नुपानीका निर्देशक थरेन्द्र बराल, राष्ट्रिय मुक्तक मञ्चका संस्थापक अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज मरासिनी, विसुकुमार केसी र जुगल गुरुकुलका प्राचार्य रूपक लामिछाने, तिलक लुइँटेल, पत्रकार विनोद दाहाल वत्स र घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

घुम्ती कविगोष्ठी नेपालका सदस्य परशुराम पराशरले सञ्चालन गर्नुभएको यस कार्यक्रममा घुम्तीकै कोषाध्यक्ष रामचन्द्र दाहालले स्वागत मन्तव्य सहित आफ्नो कविता वाचन गर्नुभएको थियो । कविता वाचन गर्ने कविहरूमा भीमप्रसाद खतिवडा, नम्रता श्रेष्ठ, विमल अर्याल, शारदा पराजुली, लब खड्का, परशुराम पराशर, तोयनाथ तिवारी, कृष्णप्रसाद पौडेल, निबन्ध आचार्य, तृष्ण श्रेष्ठ, कात्यायन, रुद्र अधिकारी, तिलक लुइँटेल, विनोद दाहाल वत्स, रामकुमार पण्डित क्षेत्री, राजेशमान केसी, ओमप्रसाद कोइराला, थरेन्द्र बराल, गीता मिश्र पुडासैनी, विन्दु अधिकारी, घनश्याम प्रसाईं, सुरेशचन्द्र घिमिरे, विसुकुमार केसी, सुशील आचार्य, डोरबहादुर केसी, रिता थपलिया, स्मारिक पोखरेल लगायतले रचना वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि पुरुषोत्तम दाहालले आफ्नो कविता वाचन गर्नुभई वाचित कविताका बारेमा र भुटानी शरणार्थी काण्डको सुरुवातको जरो बताउनुभएको थियो ।

त्यसै गरी प्रमुख अतिथि रामबहादुर पहाडीले घुम्ती कविगोष्ठी नेपालको प्रगति सुनाउँदै मिठो गजल वाचन गर्नु भएको थियो । अथिति दुर्गा अधिकारी भमरकोटेले आफू मातृशोकमा परेको बेला समवेदना व्यक्त गर्ने संस्था, व्यक्तिलगायत सबैमा हार्दिक धन्यवाद दिनुभएको थियो भने घुम्ती कविगोष्ठी नेपाललाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यस्तै अध्यक्ष माधवलाल श्रेष्ठले रचना वाचन गर्नुका साथै धन्यवाद मन्तव्य दिनुभएको थियो । कार्यक्रममा वाचित रचनाहरूको समीक्षा भने अच्युत पौडेल चिन्तनले गर्नुभएको थियो । बिहान ८ बजे सुरु भएको यो कार्यक्रम ११ बजेसम्म चलेको थियो । कार्यक्रमपश्चात् विद्यालयले सबै स्रष्टाहरूलाई दिवाभोजनको व्यवस्था गरेकोे थियो ।

०००
– परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x