साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य चौतारी झापाको मासिक काव्यसभा र २ कृति लाेकार्पण

कार्यक्रममा चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता, प्रसिद्ध साहित्यकार, भाषाशास्त्री वरिष्ठ समालोचक गुरु चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

झापा, ०८० जेठ १३ । साहित्य चौतारी झापाको मासिक काव्यसभा, प्रतियोगितात्मक कविगोष्ठी तथा साहित्यकार विजय खरेलको ‘नेपाली झर्रा शब्दसङ्ग्रह’, वरिष्ठ अधिवक्ता तथा साहित्यकार लीला उदासीको कविता सङ्ग्रह ‘मेरो लिम्पियाधुरा’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता, प्रसिद्ध साहित्यकार, भाषाशास्त्री वरिष्ठ समालोचक गुरु चूडामणि रेग्मीको प्रमुख आतिथ्य, चौतारीका संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठ, साहित्यकार पुण्यप्रसाद खरेल, सहप्राध्यापक होम सुवेदी, स्रष्टाहरू विजय खरेल, लीला उदासीलाई विशिष्ट आतिथ्य गराएर चौतारीका सचिव खगिन्द्रा खुसीले कार्यक्रम सञ्चालन गर्नुभयो ।

चौतारीका सहसचिव देवीचरण भण्डारीले शब्दद्वारा स्वागत गर्नुभयो भने, डिकमान विरहीको रचना, देवीभक्त श्रेष्ठको सङ्गीत र देवीभक्त श्रेष्ठ, टीका भट्टराई नेपाल, जिना अधिकारी, रक्षा तिमसिना आदिको स्वरको स्वागत गीतले पनि स्वागत गरियो ।

दुवै कृतिको लोकार्पण भएपछि ‘नेपाली झर्रा शब्दसंग्रह’को समीक्षात्मक टिप्पणी होम सुवेदीले र ‘मेरो लिम्पियाधुरा’को समीक्षात्मक टिप्पणी पुण्यप्रसाद खरेलले गर्नुभएको थियो ।

यसपछि कार्यक्रम गोष्ठीमा प्रवेश गर्‍यो । जिना अधिकारी, प्रमोद दाहाल, प्रकाश गौतम तथा विद्या सिग्देलले प्रतियोगितामा सहभागी जनाएको गोष्ठीको मूल्याङ्कन पूणर्चन्द्र ‘विवश’ तथा दिलिप घिमिरेले गर्नुभई प्राप्त नतिजाअनुसार विद्या सिग्देल प्रथम, प्रकाश गौतम द्वितीय, जिना अधिकारी तृतीय तथा प्रमोद दाहाल चतुर्थ हुनुभएको थियो ।

टीका चापागाईं, मिना अधिकारीले पनि कविता सुनाउनुभएको सो कार्यक्रममा लीला उदासी, विजय खरेल, डा.पुण्यप्रसाद सिग्देल तथा हरिनारायण भट्टराईले छोटो मन्तव्य राख्नुभएको थियो । कलाकार मनिषा भट्टराईले माइतीघर फिल्मको ‘वसन्त नै बास्न खोज्छ यहाँ लोलाएर …’ बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गर्नुभयो भने रक्षा तिमसिना, रोहिता तिमसिना तथा इलामे गायक लीलानाथ भट्टराईले गीत गाउनुभयो । संरक्षक देवीभक्त श्रेष्ठ, प्रमुख अतिथि गुरु चूडामणि रेग्मीको मन्तव्य पछि प्रमुख अतिथि तथा समीक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

दुई कृतिका कृतिकार लीला उदासी तथा विजय खरेललाई अविर, माला, दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

उपर्युक्त व्यक्तिका अतिरिक्त साहित्यकार चौतारीका सल्लाहकारहरू अनिरुद्र ओली, लोकनाथ पौडेल, राजेन्द्र संग्रौला र स्रष्टाहरू सुनीता तामाङ, भवानी गौतम, पत्रकार सुव्रत नेउपाने लगायत पचासभन्दा बढी साहित्यकार तथा साहित्य अनुरागीको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x