साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुतो

पैसा आउँछ बैङ्कमा खनखनी झिक्छौँ खुसीले गनी छोरो पौरख गर्छ देश नबसी पैसा भयो सद्मनी । छोरीले पनि सम्झिएर हरिया रङ्गीन भेजी उता आमा मख्ख परेर नाच्न बढिया पाउ उचाली यता ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

(अहिले छोराछोरीलाई जसरी पनि विदेश (युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत आदि मुलुक) पठाउने प्रवृत्ति डरलाग्दो रूपमा बढ्दो छ । यसले गर्दा गाउँघर युवाविहीन भएका छन् भने वृद्ध बाबुआमा सहाराविहीन भएर बाँचिरहेका छन् । बाबुआमालाई छोराछोरी विदेश पठाउन पाए के के न भइन्थ्यो भन्ने लाग्छ सुरुमा अनि पछि सहाराहीन भएपछि पछुताउन वाध्य देखिन्छन् । यो कविता यही सन्दर्भमा आधारित छ ।- जीवनाथ अधिकारी ।)

छोरो होस् त विदेशमा सहजले पैसा कमाओस् कति
छोरी ज्वाइँसँगै विदेश नबसे होइन्छ किस्सा अति ।
बोकी लालच धेर साँची मनमा इच्छा र तृष्णा अझै
सारा सम्पति सक्कियो विगतमा बाँकी छ तृष्णा अझै ॥१॥

धेरै कष्ट गरेर बल्ल उनको बाटो बन्यो बाहिर
सीमा छैन, प्रशस्त प्रेमरसले आनन्द भो आखिर ।
थुप्रै युद्ध जितेर आज यसरी मैमत्त्त भो मानस
बाली दीप झलल्ल हर्ष मनले हाँस्तै रह्यो पानस ॥२॥

खोजे जागिर सूक्ष्म सूक्ष्म सिपका बस्तै रहे सानमा
हाम्रो भाउ बढ्यो विदेशतिरका वार्ता सुनी कानमा ।
रम्दै मख्ख परी परी डलरमा आँखा लगायौँ कति
के गन्थ्यौँ र छिमेकमा, सब उता हाम्रा बसे सन्तति ॥३॥

पारी पूणर् सहस्र लाख सपना आनन्द संसारमा
स्वर्गैमा पुगियो समस्त जपना खेल्दै छु भन्सारमा ।
यस्तै सोच लिएर साथ-सरिता पत्नीसँगै रम्दथ्यौँ
हाम्रो भाग्य रहेछ स्वणर्रजको आनन्दले गम्दथ्यौँ ॥४॥

पैसा आउँछ बैङ्कमा खनखनी झिक्छौँ खुसीले गनी
छोरो पौरख गर्छ देश नबसी पैसा भयो सद्मनी ।
छोरीले पनि सम्झिएर हरिया रङ्गीन भेजी उता
आमा मख्ख परेर नाच्न बढिया पाउ उचाली यता ॥५॥

क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x