सुलसुलेनव पुस्तकालयमा मानव पुस्तकको वार्षिकोत्सव
जेष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार विष्णुप्रसाद पन्तको सभापतित्व, निवर्तमान लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली प्रमुख आमन्त्रित आतिथ्य हुनुहुन्थ्यो ।

काठमाडौं, ०८० जेठ १३ । नव पुस्तकालय तथा जेष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार विष्णुप्रसाद पन्तको सभापतित्व, निवर्तमान लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली प्रमुख आमन्त्रित आतिथ्य हुनुहुन्थ्यो ।
कलानिधि दाहालको उद्घोषण, बाह्रौँ शृङ्खलाका मानव पुस्तक व्यक्तित्वद्वय पूर्व सचिव सुशीलजङ्ग बहादुर राणा र सशक्त पद्यकवि तथा पूर्व प्रशासक प्रह्लाद पोख्रेलको विशिष्ट आतिथ्यमा सबै विधि अपनाइसकेपछि मानव व्यक्तित्वद्वयका एक एक प्रश्नोत्तरको लगत्तै छब्बिस जना मानव व्यक्तित्व र एक संस्था हिमालय टायम्सलाई सम्मान पत्रद्वारा सम्मानित गरियो ।
सम्मानित हुनेहरूमा-युवराज मैनाली, बिष्णुप्रसाद पन्त, जितेन्द्रदेवध्वज खाँण, गोपी मैनाली, मदनकुमार भट्टराई, गिसुपनिख प्रसिको, सुरेशचन्द्र चालिसे, अर्जुनदेव भट्ट, केशवकुमार श्रेष्ठ, कलानिधि दाहाल, कृष्णप्रसाद बस्याल, पुरुषोत्तम दाहाल, दिनेशहरि अधिकारी, सुरेन्द्रराज शर्मा चालिसे, तिलकप्रसाद लुइटेल, दीपकराज पौडेल, रामकुमार श्रेष्ठ, हरिभक्त सिग्देल, दुर्गाप्रसाद अर्याल, जयमुकुन्द खनाल, परशुराम पौडेल, शास्त्रदत्त पन्त, खेम कोइराला बन्धु, सुशीलजङ्ग बहादुर राणा, प्रह्लाद पोख्रेल रहे ।
यसको लगत्तै अध्यात्म चिन्तक तथा कवि/साहित्यकार,मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका संस्थापक अध्यक्ष हरिभक्त सिग्देलको पैंतालिसौँ कृति- “एकमात्र” मुक्त कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथिबाट भयो र यसको अन्तर विवेचना कवि/समालोचक ठाकुर शर्मा भन्डारीले गरे । कृतिका बेहुला हरिभक्त सिग्देलको आफ्नो मन्तव्यपछि तेस्रो रचनावाचन सुरु भयो ।
रचना प्रस्तुत गर्नेहरूमा- नारायणप्रसाद निरौला, श्रीराम क्षेत्री, रामचन्द्र घिमिरे, रामचन्द्र दाहाल, सुरेश वैद्य, महेशप्रसाद रिजाल, दीपकराज पौडेल, सुन्दर खड्का, रन्जु दाहाल, थरेन्द्र बराल, लक्ष्मी मुडभरी, कल्पना दाहाल रहे ।
समारोहमा स्वागत मन्तव्य वरिष्ठ युरोलोजिष्ट डा.अर्जुनदेव भट्टले गरे भने धन्यवाद मन्तव्य समालचक युवराज मैनालीको रह्यो । यसै सन्दर्भमा सम्मानित व्यक्तित्वमध्ये डक्टरका तर्फबाट-गिसुपनिख प्रसिकोको, सचिवका तर्फबाट-जयमुकुन्द खनालबाट र साहित्यकारका तर्फबाट- पुरुषोत्तम दाहालको मन्तव्यपछि सभापतिको मन्तव्यले सभा विसर्जन हुँदा सभा एघार बजे सुरु भएको कार्यक्रम तीन बजे सकियो ।
०००
-कलानिधि
Subscribe
Login
0 Comments
Oldest











































