सुलसुलेमनोहरा साहित्य समाजको ७७ औं शृङ्खला
सुमन पुडासैनीको सञ्चालनमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष अर्यालले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर रचनावाचनको प्रारम्भ गर्नुभएको थियो ।

काठमाडौं, ०८० जेठ १३ । मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको संयोजनमा समाजको ७७ औं शृङ्खला सम्पन्न भयो ।
सदस्य सुमन पुडासैनीको सञ्चालनमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष अर्यालले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर रचनावाचनको प्रारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा नूरदेव खनाल, केशव ज्ञवाली, सुमन पुडासैनी, रञ्जु कँडरिया, प्रभा साउद, सरिता तिमल्सिना, आयुष्मा बानियाँ, सुविन अर्याल, सम्पत् काफ्ले, शीतल गिरी, केशव ज्ञवाली आगत, नूरदेव खनाल, डा. टि पि बराकोटी, घनश्याम प्रसाईं लगायतका स्रष्टाले रचना वाचन गर्नुभएको थियो भने छत्रभूषण दाहाल, प्रा.शालिकराम कोइराला, ई. चिरञ्जीवी रेग्मी लगायतका व्यक्तित्वहरूले आआफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा गोविन्द घिमिरे वेदमणिले आफ्नो रचना वाचनसहित वाचित रचनाहरूमाथि टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा कपिल अर्याल, लक्ष्मणप्रसाद खनाल, बखतबहादुर थापा, सुशान्त अर्याल, उषा बस्ताकोटी खनाल लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो ।
कविता विधाको चर्चासितै कविताको महत्त्व, त्यसको प्रयोग र प्रभावबारे चर्चा गरिएकोले कार्यक्रम रोचक र सार्थक पनि भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































