साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखालेको थुतुने बोली

मौसमी ट्युनिकमा ठाँटिएर गोरु गधाहरू मलामी जाने हतारमा हस्याङ्फस्याङ गरिरहेछ्न् ।

Nepal Telecom ad

मुखाले रेग्मी :

१.
घण्टी बजाउँदै चटके आयो
छेपारोसँग गला मिलायो
मौकामा चौका हान्दै
मलसाँप्रोले मादल बजायो ।

२.
बुर्कुसी मारेर बार्दलीमा लाको माया
उपर्तली भएर फेरि बसाइँ नसरोस् !
भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएर
रुवाबासी गर्नु नपरोस् !
छेपारे मयाँलाई पनि चेपारे शुभकामना !

३.
उता थच्याइयो यता मच्याइयो
दौरासुरालको ठाँट पारेरै
प्रतिगमन भनाउँदोलाई
सर्लक्कै सच्याइयो ।

४.
पल्लोघरको नरे
ओल्लोघर सरे
छेपाराको पारा देखेर
चमेराले खासखुस गरे ।

५.
संविधान थला परेछ क्यार !
त्यसैले त हिजोआज
मौसमी ट्युनिकमा ठाँटिएर
गोरु गधाहरू
मलामी जाने हतारमा
हस्याङ्फस्याङ गरिरहेछ्न् ।

०००
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x