साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.बस्ताकोटी र ‘मुखाले’लाई कल्पतरू सम्मान

यी दुवै सम्मान र पुरस्कार कल्पतरू द्वैमासिक पत्रिकाले सय अङ्क पार गरेको अवसरमा आयोजना गरिने शताङ्क समारोहमा प्रदान गरिन लागेको कुरा विज्ञप्तिमा जनाइएको छ ।

Nepal Telecom ad

भाेजराज रेग्मी ‘मुखाले’ र डा. ऋषि बस्ताकोटी :

काठमाडौं, ०८० जेठ १३ । शताङ्क निस्किसकेको साहित्यिक पत्रिका कल्पतरू द्वैमासिकले दुईजना स्रष्टाहरूलाई सम्मानित गर्ने भएको छ ।

कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्स्ना‘ ले एक विज्ञप्ति जारी गर्दै ’कल्पतरू वर्ष स्रष्टा पुरस्कार २०७९ भोजराज रेग्मी ‘मुखाले’लाई र कल्पतरू अन्तर्राष्ट्रिय स्रष्टा सम्मान २०७९ डा. ऋषि बस्ताकोटीलाई प्रदान गरिने जानकारी दिनु भएको हो ।

यी दुवै सम्मान र पुरस्कार कल्पतरू द्वैमासिक पत्रिकाले सय अङ्क पार गरेको अवसरमा आयोजना गरिने शताङ्क समारोहमा प्रदान गरिन लागेको कुरा विज्ञप्तिमा जनाइएको छ ।

आउँदो जेठ २४ गते साहित्य सदन, रामहिटीमा हुन गइरहेको शताङ्क कार्यक्रममा उक्त दुवै पुरस्कार र सम्मान प्रदान गरिनेछन् । सोही समारोहमा नवराज पुडासैनी ‘ज्योत्स्ना’को  तेस्राे कृति मुक्तक सङ्ग्रह ‘उन्मुक्त ज्योत्स्ना’ पनि लोकार्पण पनि गरिने भएको छ ।

समारोहमा कल्पतरू पुरस्कार कोशमा योगदान गर्नु हुने व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ ।

०००
– रेहित सैजू

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x