साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र

चोरेर खाने घरभित्र ढाडे वगान मास्ने मनमत्त साँढे जन्मेर मात्रै गणतन्त्र आयो आशा हराएर निराश छायो !!

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

छर्दै कलाका अनमोल भ्रान्ति
गर्दा धरामा दिनरात क्रान्ति
जन्मेर नौलो गणतन्त्र आयो
सन्त्रास मात्रै अझ झन् पलायो !!१!!

पाले बसेका कति आज ढाडे
छन् साथ त्यस्तै मदमत्त साँढे
भन्छन् सदा लाग्दछ मात्र भोक
सिध्याउने झैँ घर गोठ चोक !!२!!

हुर्केन हाम्रो गणतन्त्र आज
चिन्ता व्यथामा छ सबै समाज
बोक्सी बनेका कति छन् सुसारे
रक्सी नसामा अझ मस्त पाले !!३!!

आमा रुँदै छिन् खुन पोखरीमा
बच्चो लुकाए पर टोकरीमा
सारा युवाको छ विदेश बास
पाका भुरा छन् घरमा निराश !!४!!

मेची र काली अघि मैलिएका
छैनन् यहाँ खै अझ सङ्लिएका
सीमा अनेकौँ तल हल्लिँदै छन्
हैमादि अग्ला चुचुरा रुँदै छन् !!५!!

फुल्दै गरेका नवरत्न गाभा
भागीरथी उज्ज्वल निर्मलाका
यी सत्यका तथ्य कता हराए
साँढे र ढाडे जहिल्यै रमाए !!६!!

चोरेर खाने घरभित्र ढाडे
वगान मास्ने मनमत्त साँढे
जन्मेर मात्रै गणतन्त्र आयो
आशा हराएर निराश छायो !!७!!

०००
ताप्लेजुङ, हाल- काठमाडौ
२०८०/२/११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x