साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रियलसलको पदवी

उहाँ शिवहरि वैरागी भन्या त राजाको निधारमा टीका लाउने बाहुन हुन् नेपाल थरको । कहाँ दलित हुनु, हास्य कलाकारका पण्डित हुन् ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

हास्यकलाकार राजाराम पौडेलले २०७१ सालको गाईजात्रे कार्यक्रमको रिर्हसलका निम्ति अर्का हास्यकलाकार शिवहरि वैरागीलाई बोलाएछन् ।

शिवहरिलाई राजारामले वैठक कोठामै लगेछन् । पहिलो दिनको रिर्हसल सके लगत्तै शिवहरि घर फर्केछन् । उनी फर्केपछि आमाले सोधिछन्- बाबु राजाराम ! शिवहरि वैरागी भन्या कुन थरी हो बाबु ? राजारामले मौकामा चौका हान्दै आमालाई दलित हो भनिदिएछन् ।

शिवहरि दोश्रो दिनको रिर्हसलका लागि भोलिपल्ट राजाराम दाइको घरमा पस्दै गर्दा- राजारामकी आमाले त्यहीँ तल बस्दै गर्नु, म राजारामलाई तलै पठाइदिन्छु भनेर माथि उक्लनै दिइनछिन् । आमाको व्यवहारले शिवहरि त ट्वाँ । तलै बसेर रिर्हसल गरिरहेकै बेलामा आमा तल पुगेर भनिछन्- बाबु त दलित हुनुहुँदोरैछ । राजारामसँग नछोइकन बस्नु है !

आमाको कुरा सुनेर शिवहरिले हँ हँ गर्दै अनुहार कच्याककुचुक पार्न थाले । त्यही बेलामा राजारामले मुसुमुसु हाँस्दै आमालाई सम्झाउँदै भनेछन्- हामी कलाकारको जात धर्म केही हुँदैन । आमाले झन् के के भनेर कुइँकुइँ गर्न थालेपछि राजारामलाई पुरै अप्ठ्यारो परेछ । अनि राजारामको पालो भेद खोल्दै आमालाई सुनाएछन्- उहाँ शिवहरि वैरागी भन्या त राजाको निधारमा टीका लाउने बाहुन हुन् नेपाल थरको । कहाँ दलित हुनु, हास्य कलाकारका पण्डित हुन् ।

तँलाई बज्ज्ये ! हिजो तैंले दलित भन्या हैन र ? आमाले राजारामलाई बेस्कन गाली गर्दै भनिछन् । राजारामले भनेछन्- ह्या आमा, मैले त ठट्टा पो गर्‍या त

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
मुरारीराज मिश्र
मुरारीराज मिश्र
10 months ago

ठट्टाले झण्डै लट्टा पारेछ 🤣
राेचक कथा ।

Nepal Telecom ad
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
यो हल्लैहल्लाको देश हो

यो हल्लैहल्लाको देश हो

माणिकरत्न शाक्य
माेबाइलमा किर्र किर्र

माेबाइलमा किर्र किर्र

माणिकरत्न शाक्य
श्रीमती हिस्स

श्रीमती हिस्स

माणिकरत्न शाक्य
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
1
0
Would love your thoughts, please comment.x
()
x