साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश – २४)

यस्ता यी दिव्य वाणी बुध जन अहिले सुम्पिएछन् फिँजारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

गर्दामा अंशबण्डा सम पथ नहिँडे लोक मान्दैन योग्य।
बाँड्दा हुन् भाग उत्रै अनि सब जनका वृद्ध बन्छन् सुपूज्य ।।
सग्ला सत्कर्म बाँडून् भवभर जनले पुज्दछन् यो बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१६।।

राम्रो होस् वा नराम्रो प्रकृतिविधि सधैँ एक बाँड्ने विधान।
हेरी छानूँ म राम्रो कृत विधि सम होस् मिल्छ सङ्लो निदान ।।
बाटो होस् पक्षपाती कृत रहित हुने कर्म छानोस् सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१७।।

हामी हौँ वृद्ध अग्ला हितपथ नहिँडे लोक के चिन्छ सुल्टो ।
यस्तो हेक्का उमारी कृत पथ म बढे पार्न को सक्छ उल्टो ?
उम्री आऊन् हियामा वचन सुरसिला चेतनाका हजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१८।।

आँखा खोलेर हेरे वरपर हितको चाल खुल्नेछ आफै ।
आँखा चिम्ली नहेरे बहुगुणी घरको चाल छोपिन्छ साफै।।
शिल्पीका हात पर्दा पर घनवनको बाँस बज्ने बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१९।।

धेरै सन्ताप बोक्दा मन मलिन बनी शक्तिको स्रोत मार्छ ।
बढ्ने उल्लास बोके हरपल घरका विघ्नबाधा पछार्छ ।।
यस्ता यी दिव्य वाणी बुध जन अहिले सुम्पिएछन् फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x