साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यालिफोर्नियामा हास्यव्यङ्ग्य कविता तथा सांगीतिक कन्सर्ट

गीतकार तथा गायक निर्मल फुयालको स्वास्थ्य लाभको कामना गर्दै केहि आर्थिक सहयोग पनि पुर्याउने उद्देश्यले  उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

Nepal Telecom ad

क्यालिफोर्नियामा यहि डिसेम्बर महिनाको ७ तारिकमा पहिलो पटक हास्यव्यङ्ग्य कविता तथा सांगीतिक कन्सर्टको आयोजना गरिएको छ ।

सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाबासी साहित्य, गीत र संगीत अनुरागीहरुको तर्फबाट गीतकार तथा गायक निर्मल फुयालको स्वास्थ्य लाभको कामना गर्दै केहि आर्थिक सहयोग पनि पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका बहुसंख्यक बौद्धिक र सिर्जनशील व्यक्तित्वहरुको उपस्थिति थियो ।

संसारकै प्रसिद्ध विश्वविद्यालय यु सी बर्कलेकै समिपमा रहेको नर्थ वर्कले सिनियर सेन्टरमा आयोजित उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले निर्मल फुयालले डायसफोरामा नेपाली गीत, संगीत र साहित्यको विस्तार र प्रवर्धनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँको शीध्र स्वास्थ्य लाभको कामना गरेका थिए । सबै सहोभागी दर्शकहरुले आफूले सकेको सहयोग पनि पुर्याएका थिए।

सन् २००८ देखि यु एस एमा बसोबास गर्दै आएका निर्मल फुयाल धेरै नेपाली चलचित्र, सिरियल र नाटकहरुमा हास्य कलाकारको रुपमा अभिनय गर्नु भएका कलाकार विष्णु भक्त फुयालका सुपुत्र हुन् । कलाकार विष्णु भक्त सन् २०१७ सालमा रंगमञ्चमा अभिनय गर्दा गर्दै परमधाम भएका थिए । निर्मल फुयालले आफ्ना पिताको निधनपछि उहाँको सम्झनामा विकल्प फाउन्डेसन् नामक संस्था स्थापना गरेका थिए ।

उक्त संस्थाले बिगतका वर्षहरुमा बे एरियामा धेरै सांगीतिक कार्यक्रमहरु गरेको थियो । त्यस्ता सांगीतिक कार्यक्रमहरुको आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च निर्मल फुयाल आफैंले बेहोर्ने गर्थे । अन्य राज्य बाट डायसफोरा नेपाली कलाकारहरुलाई सशुल्क निमन्त्रणा गर्दथे र लागेको सम्पूर्ण खर्च आफैं बेहोर्थे । उनले आयोजना गरेका कार्यक्रमहरुमा सहोभागी दर्शकलाई पनि निशुल्क डिनरको व्यवस्था गरिएको हुन्थ्यो।

कहिले काहीं उनी अरु बे एरियामा सक्रिय संस्थाहरुसँग मिलेर पनि कार्यक्रम गर्दथे । यशोभानु साहित्य तथा संगीत प्रतिष्ठान तथा समुद्र पारिका मन नामक संस्था सँगको सहकार्यमा उनले धेरै कार्यक्रमहरु गरेका छन् । समुद्र पारीका मन कार्यक्रमका संस्थापक बाबु आचार्यका अनुसार “उनले समुद्र पारिका मन लगायत अरु संस्थाहरुलाई सह आयोजक बनाउने गर्थे तर सह प्रायोजक बन्न चाहिं दिँदैन थिए। ।”

त्यसो त निर्मल फुयाललाई नजिकबाट चिन्नेहरुले भन्छन् उनी साथीहरुसँग बस्ता चिया, कफी वा खाजाको पैसाआफैं तिर्ने गर्थे। । कसैले सहयोग मागेमा गोजी रित्याएर सहयोग गर्न तयार हुन्थे। जुन कुरा अमेरिका जस्तो देशमा बिरलै सुन्न पाइन्छ। हाल निर्मल फुयालको स्वास्थ्य अवस्था निकै नाजुक छ। उनी आँखा देख्न सक्दैनन् र हिँड्न पनि सक्ने अवस्थामा छैनन् ।

तीनै मनका धनी निर्मल फुयालप्रति समर्पित उक्त कन्सर्टको सुभारम्भ श्री लक्ष्मी बैकुण्ठ नाथ मन्दिर, पिटिसबर्गका स्वामी अनन्त आचार्य महाराजले स्वस्ती वाचन गरेर गरेका थिए । कार्यक्रमको माइक होस्टको भूमिका निर्भाह सान फ्रान्सिस्को विश्व विद्यालयका प्राध्यापक डा. टिका लम्साल र लोकप्रिय कार्यक्रम सञ्चालक टिका पुनले गरेका थिए ।

डा. टिका लम्सालले व्यङ्ग्य कविता तर्फको होस्टिङ् गरेका थिए भने टिका पुनले गीतको होस्टिङ्ं गरेका थिए । त्यस्तै गरी उक्त कार्यक्रममा कवि अमर तमाङ्ले निर्मल फुयालप्रति समर्पित कविता वाचन गरेका थिए । उक्त कवितामा निर्मलको योगदान र व्यक्तित्वको काव्यात्मक विस्तार गरिएको थियो।

कार्यक्रमकी मुख्य आकर्षण गायिका ममता दिब्बिम थिइन् । उनका कालजयी गीतहरुले कार्यक्रमलाई जिवन्त बनाएको थियो। गीत र संगीततर्फ निता आचार्य, लक्ष्मी खरेल र टलमान गुरुङले आफ्ना प्रस्तुति दिएका थिए ।

त्यस्तै गरी व्यङ्ग्य कविहरु नवराज कार्की, प्रमोद अमात्य, बाबु आचार्य र नारायण भट्टराईले आ आफ्ना रचनाहरु वाचन गरेर कार्यकर्मलाई हास्यव्यङ्ग्य रसको उर्जाले सिञ्चित गरेका थिए । आफ्ना मधुर र हास्यरस युक्त अभिव्यक्तिद्वारा सबैलाई मन्त्रमुग्बध नाउने डा. लम्सालका हास्यव्यङ्ग्यात्मक किस्साहरुले कार्यक्रम भरिनै हाँसोको फोहरा छुटाएका थिए ।

हास्यव्यङ्ग्य कविता र संगीतको सम्योजन गरेर प्रस्तुत गरिएको उक्त कार्यक्रमका परिकल्पनाकार नारायण भट्टराई थिए भने सो कार्यक्रमको संयोजन भट्टराई लगायत बाबु आचार्य, टेक खड्का र बालकुमारी धिमिरेले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उपस्थित दर्शकहरुको मत सर्वेक्षण गरिएको थियो । गुगल फर्म मार्फत गरिएको उक्त सर्वेक्षणमा करिव ७० जना दर्शकहरुले आफ्नो फिडब्याक दिएका थिए । उक्त सर्वेक्षणमा मुख्य रुपमा कार्यक्रमको रेटिङ्ग गर्न अनुरोध गरिएको थियो ।

प्राप्त फिडब्याकमा ८० प्रतिशतले कार्यक्रमलाई १० रेटिङ्ग दिएका थिए भने २० प्रतिशत दर्शकले ९ रेटिङ्ग दिएका थिए । उक्त मत सर्वेक्षणले कार्यक्रम अत्यन्तै रुचाइएको देखाएको छ । ७० प्रतिशत दर्शकले त्यत्ता कार्यक्रम वर्षको तीन पटक आयोजना गरिए हुन्थ्यो भन्ने मत व्यक्त गरेको सर्बेक्षणले देखाएको छ।

उक्त कार्यक्रमको आयोजनामा सम्बद्ध सबै पक्षले निशुल्क रुपमा सहयोग पुर्याएका थिए । म्युजिक सिस्टम अमृतजंग कुवरले निशुल्क प्रदान गरेका थिए भने डिनरको व्यवस्थापन मनिस पौडेलले गरेका थिए । डिनर बिक्रीबाट प्राप्त ५० प्रतिसत रकम निर्मल फुयाललाई नै समर्पित गरिएको थियो ।

०००
– नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhawani Baral
Bhawani Baral
1 year ago
Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x