साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँवा अक्षर ‘भ’ हटाई पाम्

‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ ।

Nepal Telecom ad

भवानी बराल :

‘भ’ अक्षरबाट सुरु भएका शब्दहरू ज्यादै विवादास्पद भए । भाटभटेनी, भ्रष्ट, भ्रष्टाचार, भूटानी, भाउजु, भण्डाफोर, भू-माफिया, भद्रगोल, भूमिगत, भू-राजनीति, भक्त, भुस्याहा, भाते, भतुवा, भँडुवा, भेडा, भित्रिनी, भैँसी, भ्रम, भत्र्सनालगायत दर्जनौं शब्दको कैरन गर्न सकिन्छ । यसरी नै भड्खालो, भक्षक, भगुवा, भट्टी, भतभत, भत्ता, भद्धा, भयानक, भय, भयावह, भरस्ट, भरौटे, भष्म, भाँड, भेदभाव, भिरङ्गी, भाँडभैलो शब्दलाई लिन सकिन्छ । यस्तै भाट, भाई भारदार, भूत, भूतप्रेत, भूतात्मा, भुत्ते, भुत्रो, भुत्रैसित, भद्रो, भाटा, भिखारी, भिख, भिटो, भीड, भिड्नु, भीर, भीषण, भुमरी जस्ता नकारात्मक अर्थ दिने आदि अनेक शब्द कैरन गरेर साध्य छैन । यसमध्ये भाटभटेनी, भ्रष्टाचार, भुटानी र भाउजु शब्द त मुखेन्जी आउँछ । यसैले नेपालको उछित्तो काड्ने यी शब्दको उत्पादक देवनागरी वर्णमालाको व्यञ्जनमध्ये अरु यथावत राखी चौबिसौ व्यञ्जन वर्ण ‘भ’ हटाई पाउन तपशिलका बयान खापी यो निवेदन गरिएको छ ।

बयान नं. १ : भटट-रटट
प्रत्यक दशकमा ‘भ’ भयानक हुँदै आएको बेहोरा सर्वविदितै छ । एकाध दशक अगाडि ‘भटट-रटट’को चर्चा खुबै थियो । नारायणहिटी कोतपर्वमा सिङ्गै राजपरिवारको वंशनाश गर्ने ‘भयानक’ घटना ‘भएको’ थियो । त्यही घटनाको सत्यतथ्य छानविन गर्न बनेको समितिले ‘भटट-रटट’ले राजवंश नाश गरेको ‘भुलभुलैया’ प्रतिवेदन बुझायो । संजोगले यस्तो ‘भ्रामक’ प्रतिवेदन बुझाउने समितिका संयोजक पनि ‘भाट’ नै थिए । कालान्तरमा ती ‘भाट’ नेपाली राजनीतिबाटै ‘भष्म भुस्कुट’ भए ।

उहिले नै उहिले धेरै नै पहिले ‘भाट’ भनेको राजामहाराजा वा ठूलाबडाको ‘भक्तिगान’ गाएर जीविका चलाउने जाति भनेर परिचित थियो । संयोगवस यी ‘भाट’ले पनि त्यसै गरे र संसद विनाको सभामुख भएर लामो समय ‘भिउँसिने’ बोको झै खाई जीविका चलाए ।

बयान नं. २ : भूटानी र भाउजू
केही समय अगाडि ‘भूटानी’ शब्द चर्चित भयो । हुनतः सन् ९० को दशकमा ‘भूटान’बाट ‘भेदभाव’ गरी खेदिएका नेपाली भाषीहरूको कारण चर्चामा थियो ‘भूटान र भूटानी’ । त्यसमाथि नेपाली जनलाई ‘भूटानी’ शरणार्थी बनाउने कुकर्मले झनै चर्चित भयो । यो सत्यकथाको चरित्र अभिनेत्रीमा ‘भाउजु’को नाम नै जोडिएपछि उनीपनि ‘भाइरल’ भइन । नेपालीलाई आधुनिक दास बनाएर ‘मेन पावर सप्लाई’ गर्ने ‘भूतपूर्व’ उपप्रधान, गृह मन्त्री, सचिव र ‘भूटानी’ नेतासहीत धेरै डामिए । राष्ट्रिय ‘भाउजु’ लाई ‘भूटानी’ मसला ‘कुन्ता की भाउजु भूटानी भेटेको’ भने जस्तै हुन गयो । राष्ट्रिय ‘भाउजु’को नाम जसै ‘भूटानी’ नमूनामा डाम्ने सुरसार हुँदै थियो त्यसैबखत क्रान्तिकारी सरकार मध्यरातमा ‘सेण्टीफ्ल्याँट’ भयो ।

बयान नं. २ : भाटभटेनी सूपर
‘भ’ अक्षरकृत चलचित्रको क्लाइमेक्स भने ‘भाटभटेनी’ मामिला हुन गयो । ‘भाटभटेनी’ मामिलाले राजनीतिलाई सूपर मार्केटमा पुर्‍यायो । यसका जजमान र जजमानीले दुनियाँका लागि ‘भालु पुराण’ सुनाए । दुनियाँको आँखामा को जजमान हो, को जजमानी हो खुट्याउनै नसकिने ‘भ्रान्ति’ बाँडे । बामालेको ‘भवन’ निर्माणार्थ आएको ‘बामिन’ (बा र मिनबहादुर) कार्जेनीति अनुसार सपत्निक बामाले ‘भवन’ शिल्यान्यास भैसकेको छ । जसै बामिन कार्जेनीति कार्जेन्वयनको चरणमा प्रवेश गर्‍यो सत्ता गठबन्धन ‘भनक्क’ भन्कियो । जोरीपारीका दल ‘भुतुक्क’ भए । बाँकी ‘भद्रो’ हेर्‍याहेर्‍यै भए । यसै प्रकरणले सत्तासाझेदार दलका ‘भाउजु’ समूहलाई बामालेसंग मोलतोल गरेर रवि लामिछानेलाई ‘भड्खालोमा’ हाल्ने तुरुप बन्यो । उता रविका उत्ताउला ‘भालेमुङ्ग्रो र भेडा’हर्ले ‘भीड’ जमाको भन्दै ‘बा’ का खलकहरूले काँचका पर्दामा ‘भँडास’ पोखेर चाकरी गर्ने मौका पाए । १२ भाई मध्येका ‘काजु’ कान्छाले बेर्नु खुस्किने गरी ‘भुक्ने’ मौका पाए ।

बयान नं. ३ : भूटानमा भूतपूर्व
‘भूटान’ देशमा ‘भूतपूर्व’ राजाको ‘भ्रमण’ त कहेर साध्य भएन । राजाको ‘भूटान’ भ्रमण’ले नेपालको ‘भू-राजनीति’ नै उथुलपुथल ल्याउला भनेर ‘भुतात्मा’ जागेका छन् । माओवादी द्वन्द्वका समयमा ‘भाटा’का सुम्ला ‘भेटेर’ रन्थनिएका राजावादीलाई राज ‘भ्रमण’ले त्राण नदिए पनि अलिकति ‘भाँडभैलो’ गराई देला भन्ने आशा होला । यिनको चर्मचक्षु पनि ‘भदौ’मा केहि भएको हुनुपर्छ । राजा हिँडेको यतिका वर्ष भैसक्यो आउलान भनेर आश गरेका छन् । ‘भदौ’मा आँखा फुटेको डिँगो सँधै हरियो देख्छ भनेको सायद यहि हो ।

यसरी हिजोका ‘भूमिगत’ गिरोहका नायक र चरित्र नायकहरू ‘भ’कृत शब्दको भरमा ‘भारदारी’ सभा बैठाउन ‘भट्टी’ बैठक गर्न लालायित हुने नै छन् । हिजो छाडी अस्ति पञ्चायतकालमा ‘भूमिगत’ गिरोह कहालीलाग्दो गिरोह थियो । उसबखत यहि गिरोहले पत्रकार पदम ठकुराठीको खप्पर उडाइ दिएको तरोताज घटना जिवित छँदैछ । ‘भूमिगत’ गिरोहको परिवर्तित नाम माफिया हो । यसैले ललिता निवास, गिरीबन्धु, बालमन्दिर, टिकापुर लगायतका जग्गाजमिन हडप्नेहरूलाई ‘भू-माफिया’ नामले चिनिन्छ । यस्तो माफियाले राज्यका हरेक अंग प्रभावित गरेको छ । अड्डा, अदालत, कर्मचारीतन्त्र, राजनीति सबैमा माफिया राज हुँदै गएको छ । तर यी सबैको जन्मदाता नेपाली वर्णमालाको ‘भ’ नै हो ।

बयान नं. ४ : रहलपहल
यसरी ‘भ’ अक्षरबाट बनेका अधिकांश शब्द रचना भँडाहा, भँडेनी, भँडुवा भगुवा, भतुवा, भनक्क, भय, भयाभय, भत्र्सना, भष्म, भाँड, भिखारी, भाते, भुस्याहा, भुत्लाभुत्ली, भूतप्रेत, भुत्रैसित, भेदभाव, भोकमरी भ्रान्ति, भाङ, भाङबुङ, भाङ्ग्रे अनेकौं नकारात्मक अर्थि छन् । ‘भैँसी’ जस्तो दुधालु घर पालुवा जनावर पनि ‘भ’ कै कारण बदनाम भयो । संसद भवनमा कतिदिनसम्म मुर्रा भैँसीको नाममा तथानाम गाली गलोज गरियो ।

‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । यसकारण ‘भ’ हटाई पाम् । त्यतिबेला मेरो नाम पनि ‘भ’ हटाउँदा छोटकरीमा ‘वानी बराल’ हुनेछ । र, कतै म पनि नयाँ नेपालको शुद्ध नयाँ मनुवा बन्छु कि ?

०००
bhawanibaral@gmail.com

Subscribe
Notify of
guest

10 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rehit
Rehit
1 year ago

‘भ’ अक्षर हटाइयो भने त भवानी नाम पनि हट्ने रहेछ सर, मजा आयो पढेर । लामो समय पछि उत्कृष्ट हास्यव्यङ्ग्य रचना पढ्न पाइयो । हार्दिक बधाई हजुरलाई ।

Bhawani Baral
Bhawani Baral
1 year ago
Reply to  Rehit

धन्यवाद पाठक महोदयलाइ । बल्ल पाद टिप्पणी पाइयो ।

kursum
kursum
1 year ago
Reply to  Bhawani Baral

लेखमा भवानि बराल शब्द छुटेछ।

Bhawani Baral
Bhawani Baral
1 year ago
Reply to  kursum

छुटेको छैन । फैरि हेर्नुस ।

Bhawani Baral
Bhawani Baral
1 year ago
Reply to  Rehit

पाद टिप्पणी गर्ने पाठक महोदयलाई साधुवाद । ‘भ’ हटेपछि ‘भवानी’ ‘वानी’ मात्र रहनेछ । भवानीले यसअघि गरेका कृत्यको लेखाजोखा हुनेछ र वानीले स्वमित्व बोध गर्नेछ । बाँकी भवानीले यसअघि गरेका कु-कृत्य ‘भ’संगै भष्मभूत हुनेछन ।

pokhrelkishor308@gmail.cim
pokhrelkishor308@gmail.cim
1 year ago

Great.

लक्ष्मीधर गुरागाईं
लक्ष्मीधर गुरागाईं
1 year ago

सुन्दर , तार्किक र ठटे्उलेा रूपमा मुलुकका गम्भीर समस्याकेा उठान गरिएकेा छ ।

Bhawani Baral
Bhawani Baral
1 year ago

धन्यवाद ऽ

Bidur
Bidur
1 year ago

Right.

पुस्प
पुस्प
1 year ago

सुन्दर

Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
10
0
Would love your thoughts, please comment.x
()
x