साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन यात्रा

पोल्ने तागत चाहियो यदि भने किन्दै सलाई बस । पानी स्वच्छ बनेर कल्कल बगे चिन्दै बुटीको रस ॥ हावामा छ अनेकता बुझ सखे केले बने हुण्डरी । सारा फोहर यी बगाउन भनी वर्षी भदौरे झरी ॥

Nepal Telecom ad

हेमराज पन्त :

रोगी श्वान सुते सधैं पथ कुरी देखिन्छ ज्ञानी सरी ।
कालो नाग समान ऊ जहरिलो ईर्ष्या हलक्कै छरी ॥
बाटो छेक्न पुगे लुते कुकुरले हाँङ्गा बसेको चरी ।
जोडी प्वाँख उडे खुला गगनमा आशा सुनौलो भरी ॥१

रोपी नक्कल भावना बगरमा मुर्धन्य ज्ञानी बनी ।
देखे दीन विचारमा छ बबुरो हाँस्दै थियो बैगुनी ॥
साँप्रा मासु समीपमा छ मदिरा सम्मान बेग्लै दिने ।
वास्ता गर्दिन भन्छ मानव उही औकात तिम्रो चिने ॥२

खैरो श्वान इमानमा छ बलियो लोभी छ मान्छे बरा ।
तिम्रो तस्बिर बोटको नजिकमा देखे कुहेको जरा ॥
कैयौं चोट सही अगाडि म बढे को रोक्छ हेरौँ अब ।
यात्रा जीवनको हिँडे म सहजै पुग्नेछु चुम्दै नभ ॥३

पोल्ने तागत चाहियो यदि भने किन्दै सलाई बस ।
पानी स्वच्छ बनेर कल्कल बगे चिन्दै बुटीको रस ॥
हावामा छ अनेकता बुझ सखे केले बने हुण्डरी ।
सारा फोहर यी बगाउन भनी वर्षी भदौरे झरी ॥४

तारा चम्चम चम्किलो सगरमा सूर्यास्तभन्दा पर ।
कुत्ता भुक्दछ साँझमा दिनदिनै के लसज केको डर ॥
यस्तै हो गतिशीलता बुझ तिमी बम्केर भुक्ने गर ।
चाल्ने गर्दछु पाइला सफरमा जल्नेछ क्रोधी नर ॥५

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x