साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुङ्गो न फेदको कुरा

गुनासो कता कताको सुनाउनु सबैको परिवार पाल्नु पर्छ । जसले परिवार चलाउनु पर्छ उसले हात चाट्नु पर्छ । तर मौरीको छेउछाउ नपरी सिधै हात चाट्नु पनि भएन नि ।

Nepal Telecom ad

कृष्ण शर्मा ‘सुमु’ :

खासै मागेर खानु नराम्रो चै पटक्कै होइन । मागेर खाने आ-आफ्नो स्टाईल हुन्छ क्या… कसैले भिख मागेर खान्छ,कसैले डोनेसन भनेर उठाएर खान्छ… कसैले रिलिफ फन्ड भनेर खान्छ… त कसैले चन्दा भनेर खान्छ, कसैले घुस ।

अहिलेको समय खाँदै नखानु पो पीर त… खानु जान्नेले जसरी पनि खान्छ । कसैले हाँसी हाँसी खान्छ कसैले डाँटी डाँटी खान्छ ।

कसैले लिएर गएको पैसा फिर्ता आउनु पनि भाग्यमानी मान्नुपर्छ । कुनै दिन कसैको सय रुपियाँ गोजीमा राख्नु त… कहिले फर्काउनु कहिले फर्काउनु हुन्छ अझै फर्काउनु सक्नु भएन भने आफै लाजले रातोपिरो पो हुइन्छ त । यस्तै अनुभव तपाईंमा कुनै दिन आएको छ भने तपाईं पटक्कै खाने वा पचाउने भित्र पर्नु भएको छैन ।

कसैलाई फ्रीमा के मात्रै भनिदिनु त आमामामामामा रोडको ढुङ्गा समेत उठाएर खान्छन् । ढुङ्गा खान्छन् भन्दा विश्वास लागेन है, अब रोडमा हाल्ने ढुङ्गा गोजीमा हालेर हिँडेपछि रोड त उहीँ भैंसी आल बस्ने हिलो सरिको फुरौँला जस्तो बिकास देख्नु भएको होला गाउँमा ।

मुसाले लुगा खायो, चामल खायो, बिस्कुट खायो भनेको सुनेको वा देखेको होलान् सबले… मुसा के गल्ती ? उसले पेट भर्नु पर्छ उसलाई चाहिएको जति खान्छ जान्छ । अब मुसासित आरिस गरेर हुन्छ भन्या…न उसको आमा बाउ छ, न उसको जागिर छ न उसको कुनै दफ्तरमा पेशा नै छ । हाम्रो सहारामा जिउनु पर्ने हुन्छ अनि हाम्रो भागबाट अलिकति खाने हक उसको पनि त छ । तर हामी आरिसे चुवादानी लगाइलगाई मिठो कुराको प्रलोभन देखाएर उसको जीवनकथा नै समाप्त गर्ने भएका छौँ ।

अब एउटा चरालाई हेर्नू न… केही दाना दिनु पेट भरि खान्छ अनि उडेर जान्छ, हामी जस्तो गोजीभरि भरि, बाकस भरि भरि… नाति, पनाती, खनातीलाई उसले कहिले सोच्दैन । हामी जस्तो भकारी भरि राख्दैन । हामीले त फ्रिको भेटन मात्रै पर्छ आहा… नभन्नु लाटा पनि बोल्छ, बाठाका के कुरा गरुम् ।

ए अस्ति A.P.L रासन कार्ड भएको दिने सानो हल्ला भएको होइन । म परे लेखक । मलाई फेरि न्युज रिपोर्टलाई जस्तै विषय चाहिन्छ । त्यो हल्लामा पसेर कुरा बुझे।तीन तल्लाको घर, दुईवटा गाडी, छोराको जागिर बुढाको दोकान भएको परिवार चै B.P.L रासन कार्ड भएन भनेर झगडा गरेका रहेछन् ।

सदनभित्र विहारका m.p को भाषणभित्र कता कता आफै पाए । हाम्रो योजना आउँछ गाउँसम्म नपुगी राजधानीभित्र नै खतम हुन्छ ।

हाम्रो स्वाभिमान पनि यति डर लाग्दो भएको छ, भाषा आन्दोलन गरेर भाषालाई मान्यता दिलाउने व्यक्ति माथि प्रश्नै प्रश्न छ आखिर हामी नेपाली कि गोर्खाली ? यदि गोर्खाली भए हामी नेपाली कसरी ? यदि नेपाली भए विदेशी कसरी ? प्रबन्धभित्र यदि संशोधनको विकल्प खोज्नु होला हामी कदापि नेपाली होइन, हाम्रो अस्तित्व, हाम्रो परिचय, हाम्रो स्वाभिमान हामीले हाम्रो अस्तित्वको पहिचान राख्नु पनि देवनागरी लिपिलाई जसरी पनि गोर्खा भाषामा संशोधित गर्नु पर्छ ।
निकै कडा दिए कि क्या हो ?

हल गोरु नचाउनु सजिलो छ, किनकि उसलाई पहिला नै प्रशिक्षण दिएर मालिकको हुकुम मान्ने बनाएको हुन्छ । मालिकको हुकुम मानेर हिँड्ने त त्यो अवोध गोरु जस्तै लाग्छ । डर त्रास अनि चाप्लुसीले कर्म बोकेको हुँदैन । गोरुले कर्म बोकेको हुन्छ उसको कर्मनुसार उसले खेतमा हलो गाड्नु पर्छ, उसको कर्मको फल मालिकलाई दिनुपर्छ । गोरुले कहिले मालिकलाई उसको भागको फल(अन्न) माग्दैन । उसको तुलना भुइँफुटुवा मान्छेले ठिक उल्टा गरेको हुन्छ । के कर्म गरेको हुन्छ कि हुँदैन नाफा नोक्सान सबै जोडेर चाप्लुसी माग्छ कि त दान, घुस, डोनेसन माग्छ । भए जति पाएन भने रोड, पुल, रड, दाउरा, कल, नाला, सबै सबैको दाम पोको पार्छ । फेरि पाँचसाल पछि चुनावको मार्ग तयारीमा त्यही भत्केको पुल, बाटो, नाला आदि बनाउने रोड म्याप तयारी हुन्छ ।

गुनासो कता कताको सुनाउनु सबैको परिवार पाल्नु पर्छ । जसले परिवार चलाउनु पर्छ उसले हात चाट्नु पर्छ । तर मौरीको छेउछाउ नपरी सिधै हात चाट्नु पनि भएन नि । हातमा टाँसिएको खानु नपाउने कुरा गरेको होइन तर हातमा नै नपरी सिधै झ्याप हानेर मैले कसैको पेटमा लात हान्ने काम गरेको पटक्कै छुइँन ।

एउटा परिवारमा बुढाबुढीको वार परेको रहेछ । मैले त्यस मिटिङ्गको पूरा जिम्मेवारी लिएर निष्पक्ष निर्णय दिने वचन दिएँ । मानौं म त्यसदिनको निर्णायक मण्डलीको प्रमुख थिए । दुवै पक्षको कुरा सुनेर बुझे स्कुलको फिसको कुरा लिएर झगडा भएको रहेछ । बुढीले दिएको पैसा स्कुल पुगेन रहेछ । आखिरमा बुझ्दा बुढाले हिनामिना गरेको थाहा पायौँ । तब यत्रो रकम गयो कता ? बुढाले लटरी अनि तासमा उडाएको खबर आयो । यो रकम कसले तिर्ने भन्दा बुढा रुनु थालेपछि मेरो मन न हो अब यत्रो ठुलो जिम्मेवारी दिएर मलाई मिटिङ्गको भार दिएको थियो । लास्टमा सबै पैसा म आफैं तिर्ने निर्णय गरिदिएर समाज कल्याणमा ठूलो नाक राखेर फर्केको छु।माग्नेको घरमा थाङ्ग्ने पाहुना ।

कस्तो कस्तो आपत आई पर्छ मिडल क्लासको घरमा… कहिले नुन हुँदैन त कहिले चिनी, कहिले दाल त कहिले चामल तर स्वाभिमान हुन्छ । खाए पछि तिर्नु जानेको हुन्छ । लिए पछि फर्काउनु । बिरालो जस्तो चतुरो भएर शिकार गर्नु पर्छ कोही बेला उल्टा शिकार हुनुपर्छ । भाग्य आफ्नो हो ।

०००
सिलगडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x