साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बामदेउ कुरान

ठोक न टाउको ठोक बामालेमा जानैछ बामदेउ मरुन्जेल ठोक

Nepal Telecom ad

भवानी बराल :

(ठेट लोकभाकामा बामदेउको गीतिसङ्ग्रह ! भाग- दुई ।
राम थापाकृत “ठोक न मादल ठोक” बोलको प्रांगारिक भाकामा प्याराेडी)

जमाना अन्सारको जमाना अन्सारको
गर्छु बयान बामदेउ सन्सारको
ढोग न बामदेउ ढोग
मौका छँदै ढोका-चोका ढोग

केपीभन्दा बामदेउ उल्लु बामालेमा खुट्टो उचाल्नाले
एकीकरणभन्दा ‘सहकार्य’ तितो उल्टो भैदिनाले
बादल उल्लु एकै थोपा पानी नहुनाले
रावल उल्लु ‘बा’ ज्यूको गोडा नधुनाले
बिन्दा उल्लु ‘बा’को काखमा लुटुपुटु नगर्नाले
उषा उल्लु बिन्दाको पछुवा भैदिनाले

ठोक न टाउको ठोक
बामालेमा जानैछ बामदेउ
मरुन्जेल ठोक

शंकर उल्लु दुई दले भजन भट्याउनाले
विष्णु उल्लु ललिताको झुम्रो झुण्ड्याउनाले
सूर्जे उल्लु दुङ्दुङी बोको गनाउनाले
बाँस्कोटा उल्लु सत्तरी करोड हसुर्नाले
महेश उल्लु इलु – इलु गर्नाले
विद्या उल्लु टुना र मुनाले

ठोक न वामदेउ ठोक
मौका मिले ‘बा’लाइ नै बोक

जमाना अन्सारको जमाना अन्सारको
गर्छु बयान बामदेउ सन्सारको
ढोग न बामदेउ ढोग
मौका छँदै ढोका चोका ढोग ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x