साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रामप्रसाद अधिकारीको `उड्दै, गुड्दै, घिस्रँदै´ विमोचन

विमोचन प्रमुख अतिथि नियात्राकार चन्द्रप्रसाद भट्टराई, सांसद् देवनारायण चौधरी, उपमेयर भोला अधिकारी तथा नियात्राकार रमेशमोहन अधिकारीले संयुक्त रूपमा गरेका थिए ।

Nepal Telecom ad

बारा, २०८१ माघ १२ । बुढ्यौली साहित्य समाज बारा तथा सिमरा साहित्य समाजको संयुक्त आयोजनामा आज एक समारोहबिच रामप्रसाद अधिकारीको दोस्रो नियात्रा कृति `उड्दै, गुड्दै, घिस्रँदै´ को विमोचन भएको छ ।

सो कृतिको विमोचन प्रमुख अतिथि नियात्राकार चन्द्रप्रसाद भट्टराई, सांसद् देवनारायण चौधरी, उपमेयर भोला अधिकारी तथा नियात्राकार रमेशमोहन अधिकारीले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा युमी आचार्य, रमनिशा बराल, राजश्री बराल, अंशु अधिकारी, प्रज्वल श्रेष्ठ तथा सेविका मगरलगायत विद्यार्थीहरूले बुढ्यौलीसम्बन्धी आआफ्ना कविताहरू वाचन गरेका थिए ।

अतिथि कविहरूमध्ये राजकुमार लामिछाने, रामप्रसाद आचार्य, जनार्दन खनालले तथा आयोजकहरूमध्ये अप्सरा पुडासैनी, इसहाक हुसैन, मोहनप्रसाद पोखरेल, प्रीतम वास्तोला, रामप्रसाद पोखरेल, रवीन्द्र खकुरेल आदिले कविता वाचन गरेका थिए ।

विमोचित पुस्तकका बारेमा समीक्षक नारायणदत्त पौडेलले टिप्पणी गरेका थिए भने विनयराज गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सभाध्यक्षता नियात्राकार रामप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रम लोटस एकेडेमीको सभाकक्षमा भएको थियो ।

०००
-रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x