सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्याराेडी : बोक्न ल्यापटप बोक

कीर्तिपुरभन्दा देशै उल्लु डाँडो नहुनाले अरुभन्दा कीर्तिपुरे उल्लु ठाँडो नहुनाले किसान उल्लु पसिना झार्नाले युवा उल्लु विदेश फिर्नाले ।

Nepal Telecom ad

भवानी बराल :

(वरिष्ठ लोक गायक राम थापाको “ठोक्न मादल ठोक” बोलको भाकामा, कीर्तिपुरे डाँडो, मटन काजी र ल्यापटपे ठाँडोको गीति नालीबेली )

हेsss डिजिटल संसारको, डिजिटल संसारको
गर्छु बयान नगदी भन्सारको
बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

कीर्तिपुरभन्दा देशै उल्लु डाँडो नहुनाले
अरुभन्दा कीर्तिपुरे उल्लु ठाँडो नहुनाले
किसान उल्लु पसिना झार्नाले
युवा उल्लु विदेश फिर्नाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

देउपा उल्लु मापसे धाेक्नाले
केपी उल्लु उखान खोक्नाले
भाउजू उल्लु भूटानी भेट्नाले
काजी उल्लु मटन भुट्नाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

प्रचण्ड उल्लु ठाउँ कुठाउँ रुनाले
रवि उल्लु सहकारी छुनाले
अशोक उल्लु टुना र मुनाले
उपेन्द्र उल्लु मधेसको गुणाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

माधव उल्लु ढेउवाको बातले
झल्लु उल्लु साँपको जातले
बाबुराम उल्लु शक्तिको मातले
खिलराज उल्लु सरकारी भातले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

महन्त उल्लु दक्षिणको रापले
सिके उल्लु पश्चिमको धापले
रेशम उल्लु रञ्जिताको पापले
लिङ्देन उल्लु सतीको श्रापले ।

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

०००
धरान

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Hari krishna shrestha
Hari krishna shrestha
2 months ago

Very very nice

Nepal Telecom ad
बादल भुटानी

बादल भुटानी

भवानी बराल
बामदेउ कुरान

बामदेउ कुरान

भवानी बराल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
चोली राम्रो

चोली राम्रो

अशोककुमार शिवा
पुष्प दाइ

पुष्प दाइ

अशोककुमार शिवा
घुमाउने कुर्सी

घुमाउने कुर्सी

विश्वनाथ ढुङ्गेल
1
0
Would love your thoughts, please comment.x
()
x