साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्याराेडी : बोक्न ल्यापटप बोक

कीर्तिपुरभन्दा देशै उल्लु डाँडो नहुनाले अरुभन्दा कीर्तिपुरे उल्लु ठाँडो नहुनाले किसान उल्लु पसिना झार्नाले युवा उल्लु विदेश फिर्नाले ।

Nepal Telecom ad

भवानी बराल :

(वरिष्ठ लोक गायक राम थापाको “ठोक्न मादल ठोक” बोलको भाकामा, कीर्तिपुरे डाँडो, मटन काजी र ल्यापटपे ठाँडोको गीति नालीबेली )

हेsss डिजिटल संसारको, डिजिटल संसारको
गर्छु बयान नगदी भन्सारको
बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

कीर्तिपुरभन्दा देशै उल्लु डाँडो नहुनाले
अरुभन्दा कीर्तिपुरे उल्लु ठाँडो नहुनाले
किसान उल्लु पसिना झार्नाले
युवा उल्लु विदेश फिर्नाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

देउपा उल्लु मापसे धाेक्नाले
केपी उल्लु उखान खोक्नाले
भाउजू उल्लु भूटानी भेट्नाले
काजी उल्लु मटन भुट्नाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

प्रचण्ड उल्लु ठाउँ कुठाउँ रुनाले
रवि उल्लु सहकारी छुनाले
अशोक उल्लु टुना र मुनाले
उपेन्द्र उल्लु मधेसको गुणाले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

माधव उल्लु ढेउवाको बातले
झल्लु उल्लु साँपको जातले
बाबुराम उल्लु शक्तिको मातले
खिलराज उल्लु सरकारी भातले

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

महन्त उल्लु दक्षिणको रापले
सिके उल्लु पश्चिमको धापले
रेशम उल्लु रञ्जिताको पापले
लिङ्देन उल्लु सतीको श्रापले ।

बोक्न ल्यापटप बोक
पैसाको खाँचो छ
एउटा ल्यापटप बोक ।

०००
धरान

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Hari krishna shrestha
Hari krishna shrestha
1 year ago

Very very nice

Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
1
0
Would love your thoughts, please comment.x
()
x