साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विलासी

युवाको गलामा छुरी धस्न लागे कलाकार भोकै बने देश छाडे सफा व्योम माथि उडेको छ बाज विलासीहरूको चलेको छ राज ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

प्रजातन्त्र आयो भनी ढ्याङ फुक्छन्
गुलामी छिमेकी जदौ गर्न पुग्छन्
सदा खानलाई यिनै मात्र जुट्ने
नयाँ जाल बुन्दै बडो देश लुट्ने ।।१

युवा देश छोड्छन् धरा आँसु झार्छिन्
सदा जित्नु पर्ने बरा युद्ध हार्छिन्
बिकेनन् युवाका यहाँ खै प्रस्वेद
छ माथा झुकेको दुखी छन् दिनेश ।।२

दलाली कटारी पुराना घडेरी
युवाले बुझाए बिके खेतबारी
हिमाली धराको हवा खान छोडि
रुवाएर जान्छन् कठै बैँस जोडी ।।३

कसौडी छ भोकै उधारो मिलेन
सुके ओठ घाँटी कसैले चिनेन
छ नृत्यङ्गनाको पिई हाउभाउ
सदा मोजमस्ती गरी बस्छ माउ ।।४

युवाको गलामा छुरी धस्न लागे
कलाकार भोकै बने देश छाडे
सफा व्योम माथि उडेको छ बाज
विलासीहरूको चलेको छ राज ।।५

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x