साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटको खेती

“गाउँ-गाउँबाट लुट, बस्ती-बस्तीबाट लुट” भन्ने गीत घन्काउँदै, बारुली कम्मर भाँच्दै, छम्छम् नाच्नु पर्ला जस्तो भएको थियो । तर यस किसिमको खेतीले अचाक्ली फाइदा गराए पनि समाजमा इज्जत भने दिलाउँदैन ।

Nepal Telecom ad

अनिल कोइराला :

जुटको खेतीबाट भन्दा लुटको खेतीबाट मनग्ये आम्दानी हुने भएपछि नै हाम्रो देशमा यस किसिमको खेती फस्टाएको हो । हाम्रो देशै कृषिप्रधान भएकोले पनि यहाँ हरेक किसिमको खेती फस्टाउनु अस्वाभाविक मानिँदैन । फेरि लुटको खेती गर्न त्यति साह्रो गाह्रो पनि छैन । चाहे वर्षा होस् चाहे हिउँद, जुनसुकै याममा गर्न सकिने यो खेतीले थुप्रैलाई रोडपतिबाट करोडपति बनाएको छ । कतिपयले यसलाई खानदानी पेशाकै रुपमा अँगाल्दै आएभने कतिपयले अवसरवादीका रुपमा सुरु गर्न पुगे । यो खेती निश्चित जातजातिले मात्रै गर्ने भन्ने पनि छैन । दरबार हुनेदेखि लिएर घरबार नहुनेसम्मले यसलाई मुख्य आम्दानीको स्रोत बनाउन सक्छन् । मौसमले खासै असर नपार्ने यस खेतीका लागि किटनाशक औषधीको बारेमा भने विस्तृत जानकारी हुनु आवश्यक छ । नत्र त फेरि पतेरो सल्क्यो भने सखापै पो हुन्छ त !

लुटका विभिन्न जाती-प्रजातीहरू भने हुन्छन् है ! जमीन र सिँचाईको पूर्वमुल्याङ्कन गरेर मात्र लुटको खेती गर्‍यो भने चोखो आम्दानी हुने निश्चित हुन्छ । थोरै जमीनमा धेरै बिऊ हाल्न खोजेर पनि हुँदैन र धेरै जमीन छ भन्दैमा धेरै रोपेर मात्रै पनि हुँदैन । रासायनिक मल, सिँचाई र किटनाशक औषधीको राम्रो व्यवस्था हुनुपर्‍यो । ‘धम्की’, ‘छलकपट’ र ‘मिलेमतो’ नामका रासायनिक मलहरू बढी प्रभावकारी हुन्छन् । किटनाशक औषधीहरूमा ‘सफाया’ नामको किटनाशक औषधी उत्तम हुन्छ भने भण्डारणको लागि देशी-विदेशी बैङ्कहरू, फाइनान्स कम्पनीहरू अथवा आफ्नै घरका ट्वाइलेट, पानीट्याङ्की, गाग्रो, जमीन आदि जे पनि प्रयोगमा ल्याउन सकिन्छ । रासायनिक मल, रोगव्यादी, किटनाशक औषधी, बिऊ-बिजन र भण्डारण आदिका बारेमा जानकारी भैसकेपछि यसका प्रजातिहरूका बारेमा जानकारी लिनु जरुरी छ ।

पहिलो नम्बरमा ‘अति-उन्नत’ जातको लुट पर्न आउँछ । यस अन्तर्गत पर्छ ‘परम्परागत लुट’ । साठीदिने मुला भनेझैँ यो चैँ दुईसय चालीस वर्षे लुट हो । जीजुबा, हजुरबा, बा, छोरा, नाति, पनाति, खनाति हुँदै वंश बिग्रिएर नानाभाँती हुँदासम्म पनि खेती फस्टाएको फस्टायै । राँको बालेर देउतालाई झुक्याउने किसान भन्दा जण्ड किसानहरू परेपछि खेती नफस्टाउने कुरै भएन । यस प्रजातिमा पनि पुर्खौली, सरकारी भत्ता, अपुताली जस्ता विभिन्न उपजातिहरू छन् । तर यो खालको खेती अब आउँदाका दिनहरूमा फस्टाउने सम्भावना छैन । यसको बिऊ नै मासिएकोले यस्तो खेती अब दुर्लभ हुनेछ ।

दोस्रो नम्बरमा ‘उन्नत’ जातको लुट पर्न आउँछ । चालीसदिने मुला भनेझैँ यो चैँ चारपुस्ते लुट हो । सोझासाझा जनतालाई कमैया अथवा हली बनाएर सबै जमीन आफ्नो बनाउँदै त्यसैमा बर्षौंदेखि सामन्ती नामको बिऊ रोप्ने गरिन्छ । प्रतिकुल मौसमका कारण यसप्रकारको खेती पनि अब आउने दिनका लागि त्यति फलदायी मानिएको छैन । आजभन्दा अगाडीसम्म त यी दुई अतिउन्नत जात र उन्नत जातको लुट जति अरु कुनै जातको खेती फस्टाएको थिएन ।

तेस्रो नम्बरमा पर्न आउँछ ‘मध्यम’ जातको लुट । यस अन्तर्गत भ्रष्टाचार, कमिसन र घुस सबै प्रजातिहरू पर्दछन् । हाम्रो देशमा असाध्यै प्रभावकारी ढङ्गबाट सप्रिएर गएको खेती नै यै हो । यसको खेती प्रायः प्रधानमन्त्री, मन्त्रीगण, ठूला नेता, सचिव-सहसचिवहरू, न्यायाधीशहरू, अधिकृतहरू लगायत साामन्य कर्मचारीहरूले समेत गर्ने गरेको पाइन्छ । यस किसिमको खेतीले अधिकांश किसानहरूलाई प्रशस्त आम्दानी गराएको छ र आउँदाका वर्षहरूमा पनि यो नै मुख्य आयस्रोतको बाटो हुने सम्भावना रहेको छ । त्यसैले पनि यसप्रकारको खेतीमा अझै निरन्तर किसानहरूको लगाव रहिरहने निश्चित छ । हुरी-बतास, असिना-पानीले समेत लछारपाटो लगाउन नसक्ने यस किसिमको खेतीमा ढुक्क भएर निर्भर हुन सकिने भएकोले किसानहरूको मन तानिनु स्वाभाविकै हो ।

चौथो नम्बरमा ‘सामान्य’ जातीको लुट पर्न आउँछ । यस किसिमको खेती प्रायः व्यापारी व्यवसायीले गर्ने गर्दछन् । खेती नै गरेको पनि झ्याप्पै देख्न नसकिने तर भित्र-भित्र आफ्नो घरखर्च गज्जवले टार्न सक्ने गरी आम्दानी हुने । यस्तो खेतीलाई सामान्य खेती नै मानिएको छ र निरन्तर रुपमा अँगालिने पनि पक्कापक्की छ ।

पाँचौँ नम्बरमा पर्न आउने लुट ‘निम्न’ जातिको लुट हो । यसअन्तर्गत धम्क्याएर चन्दा लिने, खोस्ने, कब्जा गर्ने, चोर्ने आदि प्रजाति पर्दछन् । यो किसिमको खेतीले वास्तवमा खेती नै नगर्ने किसानहरूलाई फाइदा पुर्‍याउँछ । अरुको खेतबारीमा फलेको चिज आफूले टिपेर ल्याएजस्तो । आफ्नो जग्गाजमीन नहुनेले अथवा भएर पनि खेती गर्न अल्छी मान्नेले प्रायः यो खेती रुचाउँछन् । बाह्रवर्षे द्वन्द्वताका त यो टट्टीमाथिको मुलाझैँ हर्लक्कै बढेको थियो । त्यो बेलामा त “गाउँ-गाउँबाट लुट, बस्ती-बस्तीबाट लुट” भन्ने गीत घन्काउँदै, बारुली कम्मर भाँच्दै, छम्छम् नाच्नु पर्ला जस्तो भएको थियो । तर यस किसिमको खेतीले अचाक्ली फाइदा गराए पनि समाजमा इज्जत भने दिलाउँदैन । यस किसिमको खेतीबाट स्याहारिने अन्नबाली लुकीचोरी खानुपर्ने हुनाले पनि समाजमा यसलाई ‘घटिया’ जातको खेती मानिन्छ ।

हवस् त ! आजको कृषि कार्यक्रममा लुट खेतीका बारेमा समेटिएका यिनै कुराहरूलाई राख्दै र जतिसुकै थुप्रैलाई फाइदा पुर्‍याउने भएपनि तुलनात्मक रुपमा लुटखेती भन्दा जुटखेती नै इज्जतदार हो भन्दै अर्को कार्यक्रममा ठूला मान्छे भनाउँदा मुलाहरूको विभिन्न प्रजाति र खेतीको बारेमा जानकारी लिएर यही समयमा उपस्थित हुने वाचा सहित आजलाई बिदा चाहान्छु नमस्कार !

०००
पोखराथोक-१, पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x