साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठैबरा !

गुटउपगुटमा गुटमुटिएका ‘म’बाट उठी ‘हामी’ हुन नसकेका दुनियाँ देखे, जाने, बुझे पनि सोच पुरातनै भएका व्यवस्था बदलिए पनि अवस्था नबदलिएका कठै बरा हामी ! कठै बरा !

Nepal Telecom ad

सुमी लोहनी :

आफ्नो गर्धनमा आफैँले
सर्वज्ञको बिल्ला भिरेका
नदेख्ने आफ्नो आङको भैँसी
देख्ने सधैँ अरुको ज्यानको जुम्रो
मपाइँत्वले फुलेल बन्दै
चुर्लुम्म हुने आत्मरतिमा
स्वाभिमान, पहिचान पन्छाई
विरूप पारी संस्कृतिलाई
अरुले घोडा चढ्दा
आफू धूरी चढ्ने
महँगीले चुलो निभेका
विषादिले ज्यानै गालेका
अन्याय, अत्याचारले घाँटी ङ्याकेका
भ्रष्टाचारको भड्खारोमा भासिएका
सामाजिक सञ्जालमा कुर्लने
कानै नछामी कागको पछि कुद्ने
‘कर’को करले करङ कर्‍याककुरुक भएका
टुप्पोबाट पलाएकाको रजाइँ सहिरहेका
प्रदूषणको पासोका परेका
संवेदना सेलाउँदै गएका
सम्बन्धको घेरा साँघुरिएका
गुटउपगुटमा गुटमुटिएका
‘म’बाट उठी ‘हामी’ हुन नसकेका
दुनियाँ देखे, जाने, बुझे पनि
सोच पुरातनै भएका
व्यवस्था बदलिए पनि
अवस्था नबदलिएका
कठै बरा हामी !
कठै बरा !

०००
भाटभटेनी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
बराबरी

बराबरी

सुमी लोहनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x