साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

प्राण धान्ने जगत् माताको आसिक अपूर्व पाएमा सृजना हाम्रा सुरम्म्य हुन्छन् दिल आमाको छाएमा ।।

Nepal Telecom ad

कविराज घिमिरे :

(“कुन मन्दिरमा जान्छौ यात्री”को लयमा मिल्ने )

निश्छल पार्छिन् मन मन्दिरझैँ
आमा शान्ति सबैकी हुन्
राख रिझाई भलो चिताई
आमा दिव्य जगत्कै छिन् ।।१
निश्छल …..

सुभाव छर्छिन् विभेद फ्याँकी
आमा जगत्की स्वामिनी
छैन अरूझैँ घमण्ड मनमा
प्रेमकी खानी मालिनी ।।२
निश्छल……

पुकार गर्छौँ त्रिकाल हामी
आमाको गुण को जान्दछ ?
बुझेर बुझ्नै सकिन्न आमा
मायाले उनको तान्दछ ।।३
निश्छल……

जङ्गल खेतमा नदी तट ती
पसिनाले बग्छन् हरदम
पाल्छिन् आफ्ना छोराछोरी
नाच्तै खुसी हुँदै छमछम ।।४
निश्छल……

प्राण धान्ने जगत् माताको
आसिक अपूर्व पाएमा
सृजना हाम्रा सुरम्म्य हुन्छन्
दिल आमाको छाएमा ।।५
निश्छल……

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x