साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै उमेरसमूहका पाठकले पढ्नुपर्ने कृति ‘खाइराइड’

याे पुस्तक जाे काेहिले पढ्न रूचाउने र पढ्दा भरपुर मनाेरन्जनका साथै ज्ञान समेत लिन सकिने हुँदा याे पुस्तक पढ्नका लागि किशाेर तथा युवा पुस्ता र वयस्क तथा वृद्दालाई समेत सिफारिस गर्दछु ।

Nepal Telecom ad

सुप्रभ आचार्य :

फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । उनीहरूले याे कृति पढ्दा के कस्ताे अनुभूति   गरे ? फित्काैलीलाई प्राप्त भएका ती लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गरिरहेका छाैँ । – सम्पादक

खाइराइड नामक गैरआख्यान निबन्ध साहित्यकार राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हाे । काठमाण्डाैंकाे वानेश्वरमा स्थायी बसाेवास भएका राजेन्द्र कार्की भाेजपुरकाे दावाँमा जन्मनु भएकाे हाे । निबन्ध लेखनमा दख्खल राख्ने कार्की परदेशमा बसेर पनि नेपाली भाषा, साहित्यमा कलम चलाउँदै आउनु छ भएकाे छ । हाल क्यानडाकाे भ्याङ्कुभरमा निवासी कार्कीले निबन्धकाे अलावा कविता लेखनमासमेत कलम चलाउँदै आएकाे पाइन्छ ।

कार्कीकाे खाइराइड हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहकाे प्रकाशन फित्काैली अनलाइन मिडियाले गरेकाे हाे । यसकाे पहिलाे संस्करण २०८० भदाैमा भएकाे थियाे भने दाेस्राे संस्करण २०८१ असारमा भएकाे छ । यसमा प्रयाेग भएका व्यङ्ग्य चित्र राजेश मानन्धर (राजमान) ले गरेका हुन् भने आवरण डिजाइन सुन्दर बस्नेतले गरेका हुन् । याे निबन्ध सङ्ग्रह साहित्यपाेष्ट उत्तम गैरआख्यान पुरस्कार २०८० का उत्कृष्ट ५ कृतिमा छ्नाैट हुन समेत सफल भएकाे थियाे ।

निबन्ध सङ्ग्रहमा ३१ वटा निबन्ध समेटिएका छन्, जसमध्ये ५ वटा निबन्धहरू फित्काैलीले प्रकाशन गरेकाे छ भने एउटा साहित्यपाेष्टमा पूर्व भएकाे छ । लेखककाअनुसार अरू बाँकि निबन्धहरू कही कतै प्रकाशन भएकाे पाइँदैन । यस निबन्ध कृतिले व्यक्ति, जात, धर्म, वर्ण र लिङ्गलाई भन्दा मानिसकाे प्रवृत्तिलाई व्यङ्ग्य गर्दै बगेकाे छ । कविले अन्य पात्रलाई नभएर आफैँलाई प्रतिबम्ब बनाएर कतिपय निबन्धमा समाजकाे पात्रकाे रूपमा आफैँलाई प्रतिबिम्बित गरेका छन् जुन लेखककाे खुबी मान्न सकिन्छ । हालकाे अवस्थामा हास्यव्यङ्ग्यमा हास्य कमजाेर र व्यङ्ग्य बढी लेखिदै गरेकाेमा लेखक कार्कीका निबन्ध पढ्दा हाँसाेका खित्का छुट्नु भनेकाे उनका निबन्धमा प्रयाेग भएकाे हास्यव्यङ्ग्यात्मक कला काैशलकाे शक्ति हाे भन्ने मलाई लागेकाे छ ।

राजनीतिक व्यङ्ग्यले साहित्यमा स्थान पाएकाे बेला राजेन्द्र कार्कीकाे खाइराइडमा सामाजिक जीवनमा आधारित व्यङ्ग्यहरू समावेश हुनुले लेखक आधुनिक जीवनमा मानिसका साेच, विचार र व्यवहारलाई निबन्धकाे विषयबस्तु बनाउन लािगपरेकाे देखिन्छ । हालकाे विलासिता, व्यस्त र विदेश जीवनका निमल्दा कुरामाथि भरपुर रूपमा व्यङ्ग्य गर्दै आफ्ना सृजना अघि बढाउनु कार्कीकाे अर्काे लाेभलाग्दाे कला हाे जुनकुरा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेकाे भूमिकाले पनि प्रष्ट पारेकाे छ । गाम्नागेले भनेका छन्- ‘साँच्चै बेजोडको निबन्ध छ यो भाग्दैभाग्दै । हृदय हल्लाउने । यो निबन्ध पढेपछि राजेन्द्र कार्कीलाई सोध्न मन लागेको छ, ‘तपाईं यत्रा वर्ष कहाँ भागेर, लुकेर बस्नुभएको थियो मित्र ? प्रिय राजेन्द्रजीलाई यति भन्छु, जोडदार शब्दमा भन्छु, हास्यको, व्यङ्ग्यको, विचारको, मौलिकताको, दार्शनिकताको लगायत अनेक क्षेत्रमा तपाईंको ज्ञान छ, क्षमता छ, त्यो अद्भूत छ । लेख्ने जाँगर छ, ऊर्जा छ, अध्ययनको हुटहुटी पनि छ । यो कायम रहोस् ।”

खाइराइड निबन्धका निबन्धहरू सामाजिक विषयमा आधारित छन् । यसमा परम्परावादी साेचभन्दा माथिका आधुनिक सन्हदर्भहरू बढी रहेका छन् । भाग्दाभाग्दै निबन्धमा साहित्यकारले मानिस गर्भदेखि मृत्यूसम्म भागदाैडमा नै रहन्छ तर पनि उसका इच्छा र बाध्यताहरूले उसलाई खेदिरहेकाे हुन्छ, लाग्छ मृत्युपछि पनि मान्छे भाग्ने अर्काे ठाँउकाे खाेजीमा हुनेछ भनेर आफ्नाे वाल्यकाल, काठमाण्डाैंकाे बसाइ र विदेशतिरकाे बसाइका साथै अन्य नेपाली कति भागदाैडमा नै जीवनकाे खुशी र सुख खाेजीमा भाैतारिएका छन् भन्ने कुरालाई रसिला नेपाली उखान टुक्काकाे प्रयाेग गरी उल्लेख गरेका छन् । गाैतम बुद्ध, पृथ्वीनारायण शाह, अरनिकाे जस्ता विभूतिहरूकाे समेत नाम लिएर जीवनकाे भाेगाइमा पर्ने बाध्यता, रहरलाई उजागर गरेका छन् ।

त्यसैगरी निबन्धकारकाे घाँडाे बुढाे नामक निबन्धमा बुढाबुढी अनुभवका खानी हुन् उनीहरूलाई हेला हैन संरक्षण गर्नु पर्छ भन्ने सन्देशलाई व्यङ्ग्यात्मक रूपमा पस्किएका छन् । अहिलेकाे आधुनिक युगमा बुढेसकाल सहारा विहिन बन्दै गएकाे, सन्तानहरू सबै विदेश गएकाे, आफूहरू ऐस आराममा जीवन बिताउँदा आफूलाई संसार देखाउने आमाबुवाहरूलाई बिर्सिएकाे तिताे यथार्थलाई हास्यव्यङ्ग्यात्मक ढंगले आमाबुवा जीवनकाे अमूल्य सम्पत्ति हुनु पर्नेमा आफ्नाे स्वार्थ्य पुरा गर्न विदेश बाेलाउने, अरूबेला वास्ता नगर्ने, फाेन सम्पर्कसमेत नगर्ने गरेकाे यथार्थ चित्रण उतारेका छन् ।

यतिमात्र हैन जाे काेही व्यक्तिहरू आफ्नाे फाइदा हुने बेला मात्र अरूलाई प्रयाेग गर्ने कुरा सरकारी ओहाेदामा हुँदाकाे मानमर्यादा र अवकास पछिकाे जीवनकाे समेत यस निबन्धमा व्याख्या गरिएकाे छ । पछिल्लाे समयमा आफ्ना सन्तानले बुवाआमालाई वृद्दाश्रममा लैजाने र आफूहरू विदेशमा विलासी जीवन बिताउने गरेका घटना समेतलाई यस निबन्धमा कार्लेकीले उतारेका छन् ।

युराेप अमेरिकामा हालका दिनमा माैलाउदै गएकाे सुगर ड्याडीममीकाे कहानी घुसाएर आफ्नाे संस्कार र संकृतिभन्दा पनि धन सम्पत्तिमा सबै कुरा देख्ने अहिलेकाे अवस्थालाई नङ्याउने प्रयास गरेका छन् । विदेशकाे रमाइलाे र ऐस आरामकाे जीवनले युवापुस्ता विदेसिँदा हाम्राे जनजीवनमा पर्दै गएकाे अफ्ठ्याराे परिस्थितिलाई समेत देखाएकाे छ र गाँउले जीवन, सहरिया जीवन, अहिलेकाे डिजिटल युगकाे जीवन सबैलाई यस घाँडाे बुढाे निबन्धमा समेटेर श्रीमतीकाे मृत्युपछि बुढाे श्रीमानले भाेग्नै पर्ने कहालिलाग्दाे र अप्ठ्याराे जीवनकाे बारेमा राँडाे बुढाेले बताएकाे जीवनलाई व्याख्या गर्दै बुढेसकालकाे साथीकाे खाेजी गरी जीवन सहज बनाउने कला समेत पस्कन प्रयास गरिएकाे छ ।

खाइराइडकाे अर्काे निबन्ध कामीमा नेपालमा विद्यमान कथित दलित र उनका काममा गरिने भेदभावलाई गहकिलाे रूपमा उतार्न सफल रहेकाे छ । राणाकालीन शासकदेखि गणतन्त्र आउँदासम्मका सत्तामा आसीनहरूलाई बेकामीकाे संज्ञा दिएर उनले दमाइ, कामी र सार्कीहरूले गर्ने कामकाे महत्त्व र यसकाे मूल्यले अब स्थान पाउनुपर्ने, जसरी ज्ञानका ज्ञाताहरूलाई ऋषिमुनि भनिएकाे छ त्यसरी नै फलाम, छाला र कपडालाई कलात्मक रूपमा बहुमूल्य बस्तु बनाउन खप्पिस यी जातका मानिसलाईसमेत उच्च स्थानमा राख्न जरूरी रहेकाे र त्यसका लागि परिवर्तनकाे सुनामी ल्याउन आवश्यक भएकाे कुरा उल्लेख गरेर समाजमा सदियाैंदेखि जरा गाडेर बसेकाे जातीय विभेदलाई वहसकाे रूपमा ल्याएका छन् । जुन कुरा निबन्धकारकाे कलात्मक शिल्पकाे एक नमुना हाे ।

निबन्धकारले आफ्ना निबन्धमा व्यक्त गरेका यथार्थताले पाठकहरूलाई आनन्द महसुस गराएकाे पाइन्छ । उनका रचनाहरूमा ज्ञान, विज्ञान, धर्मशास्त्र, इतिहास, राष्टिय राजनीति, साथै अन्तरार्ष्टिय प्रसंगसमेत रहेका छन् । यति मात्र हैन उनका रचनाहरूमा आख्यान, नियात्रा र संम्मरणकाे समेत संयाेग रहेकाे पाइन्छ । निबन्धकारकाे शाैचालय महात्म्यमा शाैचालयकाे कुराबाट हाम्राे सभ्यताकाे समेत व्याख्या गरिएकाे पाइन्छ र यसका साथै साैचालयकाे महत्व देखाउँदै हाम्रा नेताहरू साैचालय उद्घाटनमा अल्झिएकाे वास्तविकतालाई समेत प्रस्तुत गरिएकाे छ ।

कार्कीले कुकुरकाे भाग्य निबन्धमा सामाजिक परिपाटीकाे र हाम्राे समाजमा बढ्दै गएकाे विकृति विसङ्गतिलाई जहाँका मान्छेकाे काम हुँदैन त्यहाँका कुकुरकाे पनि काम नहुने रहेछ, र जहाँका मान्छे काममा व्यस्त छन् त्यहाँका कुकुरलाई समेत लखर लखर हिँड्ने भुस्याहा कुकुर पनि नहुने रहेछन् भनेर नेपालमा बढ्दै गएकाे बेराेजगार र त्यसले निम्याएकाे आन्दाेलन विराेधकाे उपसंज्ञा दिन खाेजेकाे हाे कि भन्ने आसय आउँछ ।

खाइराइड निबन्ध हास्यकाे, व्यङ्ग्यकाे, विचारकाे, आधुनिक युगकाे, माैलिकताकाे, नेपाली उखान टुक्काकाे भरपुर प्रयाेगबाट सृजना भएकाे साहित्य सिर्जना हाे । याे पाठकहरूले रूचाएकाे कृति हाे भन्ने कुराकाे पुष्टि यसकाे एक वर्षकाे अन्तरालमा नै दाेस्राे संस्करण आउनुले गरेकाे छ । सरल भाषाकाे प्रयाेग गरी लेखिएकाे याे हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह किशाेर, युवा र वयस्क सबै उमेर समुहले बुझ्न सक्ने भाषाकाे प्रयाेग गरी छाेटाे र मिठासपूर्ण रूपमा लेखिएका निबन्धहरूकाे सङ्ग्रह भएकाले याे पुस्तक जाे काेहिले पढ्न रूचाउने र पढ्दा भरपुर मनाेरन्जनका साथै ज्ञान समेत लिन सकिने हुँदा याे पुस्तक पढ्नका लागि किशाेर तथा युवा पुस्ता र वयस्क तथा वृद्दालाई समेत सिफारिस गर्दछु ।

प्रवासमा बसेर पनि नेपाली साहित्य, देशकाे भाषा, माटाे सुहाउँदाे कथावस्तु पस्किएर आफ्नाे भाषा, धर्मका साथै सामाजिक, आर्थिक र राजनीतिक अवस्थाप्रति सचेत र सजग भएर युवा पुस्तालाई बाटाे देखाउने खालका सृजना समावेश गरिदिनु भएकाेमा लेखकप्रति आभार व्यक्त गर्दछु । किनकि यस पुस्तकमा बिताएकाे समय र खर्चिएकाे पैसाले भरपुर रूपमा आफ्नाे मूल्य उठाउन सकेकाे छ ।

०००
कक्षा १० ‘माछापुच्छ्रे’
डियरवाक सिफल स्कुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x